काठमाण्डौ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ ।IMG-20240417-WA0001 10

मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो ।उनको अवस्था गम्भीर छ । हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो करिब ४:३० बजे छातीको वायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लमही अस्पतालमा पुर्‍याइएको छ । वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान अगाडि बढाइएको गढवा प्रहरीले जनाएको छ ।