झापा । नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी सहित तीन दर्जन नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरका उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका राजभण्डारीको समुहलाइ नेकपा एमाले दोस्रो दमक नगर अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले एमालेमा प्रवेश गराएका हुन्।
राजभण्डारी सहितको समुह एमालेमा प्रबेश सङै अब भद्रपुर नगर लगायत झापा ३ नम्बर निर्वाचन क्षेत्रमा माओबादीका नेता कार्यकर्ता रित्तिएको छ।
भद्रपुरका माओबादी नेताका प्रतिकृया फेसबुकमा ....


माओबादिका नेता जनताका काममा लाग्नुको साटो मुद्दामामिला बाट पैसा असुल्ने, नैतिक पतन, तस्करिको सम्रक्षण, सर्बाहाराको पार्टी भन्ने दैनिकी हजारौको बिना स्रोत खर्चगर्ने जस्ता पेशा अङालेर हिडेकाले झापा लगायत सो क्षेत्रका कार्यकर्ता पार्टीबाट पलायन हुँदै गैराखेका छन।
उनीसँगै भद्रपुरका कुमार सेञ्चुरि, नरपति चापागाईँ, चन्द्र तामाङलगायत तीन दर्जन माओबादिका नेताकार्यकर्तालाइ अध्यक्ष ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेको पूर्व प्रदेश सांसद वसन्त बानियाँले जनाएका छन् ।






































