समाचार

    Showing 17,141-17,150 of 25,910 items.
  • अवैध भेपसहित पाँचजना पक्राउ

    हेटौंडा । मकवानपुरको हेटौँडाबाट ठूलो मात्रामा भेप तथा भेपको फ्लेवरहरू बरामद भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भेपसहित पाँच जनालाई पक्राउ गरेको हो । मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैध रूपमा भन्सार छली ल्याएको दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरूसहित पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङस्थित सडकखण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेक

    • प्रकाशित मितिः असार ७, २०८१
    • 396 पटक पढिएको
  • झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ

    झापा । ब्राउनसुगरसहित झापामा दुईजना पक्राउ परेका छन् । झापा गाउँपालिका– १ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय  जुलमात हुसेन र साइकलको पछाडि बस्ने वर्ष २० वर्षीय तोसिफ आलम छन् । प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    • प्रकाशित मितिः असार ७, २०८१
    • 334 पटक पढिएको
  • पशुपतिको भेटी चोरीको आरोपमा पक्राउ परेकालाई थुनामा राख्न आदेश

    काठमाडौं  ।  जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँचजनालाई थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश कपिलमणि गौतमको इजलासले पक्राउ परेकामध्ये एक सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बाँकी पाँचजना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।उनले भने, ‘पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौं जिल्ला अदालतलले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 448 पटक पढिएको
  • सशस्त्र प्रहरीले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँ पक्राउ

    सर्लाहि । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक युवक रौतहटमा सशस्त्र प्रहरी बललाई छक्याएर फरार भएको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो ।सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका-७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएको हो । उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए

    • प्रकाशित मितिः असार ७, २०८१
    • 288 पटक पढिएको
  • गृहमन्त्री लामिछाने विरुद्धको सहकारी ठगी मुद्धामा आज सुनुवाई

    काठमाण्डौ  । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ ।सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो । आज उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ।सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनु

    • प्रकाशित मितिः असार ७, २०८१
    • 231 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय योग दिवस

    काठमाण्डौ   ।    अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । ´आफू र समाजका लागि योग` भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शा

    • प्रकाशित मितिः असार ७, २०८१
    • 413 पटक पढिएको
  • डेल्टा कम्प्लेक्स जलेर ध्वस्त भयो

    काठमाण्डौ  । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स आगलागीबाट पूर्णरुपमा क्षति भएको छ। बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगलागीका कारण कम्प्लेक्स पूर्णरुपमा क्षति भएको हो। तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै ५ घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो ।आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण आइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपर

    • प्रकाशित मितिः असार ७, २०८१
    • 617 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहने छ । बिहान कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ। गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बि

    • प्रकाशित मितिः असार ७, २०८१
    • 272 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया केहि भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी,

    • प्रकाशित मितिः असार ४, २०८१
    • 309 पटक पढिएको
  • काठमाडौंमा पेट्रोलको अभाव

    काठमाण्डौ  ।  काठमाण्डौ उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्। नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए। उनका अनुसार चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाएका छैनन्। त्यस कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।'ट्यांकर चालकहरूले शनिबार कालोपट्टि बाँधेर विरोध जनाएका थिए। उनीहरूले विभिन्न माग राखेका छन्। शनिबार र आज

    • प्रकाशित मितिः असार ३, २०८१
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.