काठमाण्डौ  ।  काठमाण्डौ उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्। IMG-20240326-WA0001 1

नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए। उनका अनुसार चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाएका छैनन्। त्यस कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।

OM Sai Pathibhara Hospital

'ट्यांकर चालकहरूले शनिबार कालोपट्टि बाँधेर विरोध जनाएका थिए। उनीहरूले विभिन्न माग राखेका छन्। शनिबार र आज (आइतबार) पनि ट्यांकर चलाएनन्।'

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको हो। संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

१.सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने।

.स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने।

.टेम्परेचरको सही व्यवस्थापन गरिनुपर्ने।

.सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने।५.५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरओ खारेज गरिनुपर्ने

५.चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने।.चालक तथा सहचालकलाई प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने।