समाचार

    Showing 17,121-17,130 of 25,909 items.
  • ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे छ’

    काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी गराएका छन् । मङ्गलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले युद्धमा रहेका नेपालीसँग राति १२ बजे कुरा गर्ने गरेको पनि जानकारी गराएका हुन् ।सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘एक जना माननीय सदस्यले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन, रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर राख्

    • प्रकाशित मितिः असार ११, २०८१
    • 310 पटक पढिएको
  • बुढी खोलामा एक्कासी बाढी आउँदा चार जनालाई बगायो, एकको मृत्यु, दुई बेपत्ता

    मोरङ— मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् ।सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो ।बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।माछा मार्ने क्रममा बगेकी सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनार

    • प्रकाशित मितिः असार ११, २०८१
    • 603 पटक पढिएको
  • राजदूतलाई पदावधि पूरा हुनु अगावै फिर्ता बोलाउन सकिन्छ’

    काठमाडौं— प्रधानमन्त्री प्रचण्डले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारे।राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउँदै प्रधानन्त्री प्रचण्डले मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन व

    • प्रकाशित मितिः असार ११, २०८१
    • 340 पटक पढिएको
  • विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारले तत्काल उद्धार गर्छः प्रधानमन्त्री

    काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भएपनि नियोगहरूबाट यस प्रकार

    • प्रकाशित मितिः असार ११, २०८१
    • 576 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज  बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  प्रदेशमा वर्षा भइरहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागम

    • प्रकाशित मितिः असार ११, २०८१
    • 319 पटक पढिएको
  • सशस्त्र प्रहरीका १८ एसपी र २३७ डीएसपीहरुको सरुवा

    काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएका छन् ।सशस्त्र हेडक्वाटरले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरेको हो।डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ ।सरुवा भएका एसपीहरु :सरुवा भएका डीएसपीहरू :

    • प्रकाशित मितिः असार १०, २०८१
    • 688 पटक पढिएको
  • पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

    काठमाडौं– गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा बढुवाका लागि सिफारिस गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सोमबार बिहान भएको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ ।उनको दरबन्दी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल रहेको छ ।

    • प्रकाशित मितिः असार १०, २०८१
    • 552 पटक पढिएको
  • धनगढी उपमहानगरमा गोपाल हमालले ल्याए दुई अर्ब १८ करोडको बजेट

    कैलाली— कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन्।बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ।उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छ

    • प्रकाशित मितिः असार १०, २०८१
    • 328 पटक पढिएको
  • नेपालबाट हराएका २४ मूर्ति अमेरिकी महिलाले फिर्ता गरिन्

    काठमाडौं—  नेपालबाट हराएका २४ मूर्ति एक अमेरिकी महिलाले फिर्ता गरेकी छन्। हवाई राज्यमा बसोवास गर्ने सुसन ब्राडफोर्डले वासिङटनस्थित नेपाली दूतावाससँग समन्वय गरेर ती कलाकृति फिर्ता गरेकी हुन्। उनले एक महिनाअघि मूर्तिका फोटोसहित दूतावासलाई पत्राचार गरेर फिर्ता दिन चाहेको जानकारी गराएकी थिइन्। त्यसपछि दूतावासले परराष्ट्र मन्त्रालय हुँदै पुरातत्व विभागलाई सो पत्र पठायो। विभागले नेपाली शैलीका मूर्तिकला छुट्याएर यकिन गरेपछि महिलालाई जानकारी गराइएको थियो। त्यसपछि उनले मूर्ति फिर्ता गरेकी थिइन्। प्रक्रिया पुगेपछि २२ जेठमा परराष्ट्र मन्त्रालय हुँदै मूर्ति फिर्ता गरिएको थियो। पुरातत्व

    • प्रकाशित मितिः असार १०, २०८१
    • 473 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।दिउसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ

    • प्रकाशित मितिः असार १०, २०८१
    • 301 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.