काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी गराएका छन् ।

मङ्गलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफ दिने क्रममा उनले आफूले युद्धमा रहेका नेपालीसँग राति १२ बजे कुरा गर्ने गरेको पनि जानकारी गराएका हुन् ।

OM Sai Pathibhara Hospital

सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘एक जना माननीय सदस्यले राख्नुभयो, नेपालमा प्रधानमन्त्री छ कि छैन, रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर राख्नुभयो । यहीँ हुनुहुन्छ कि जानुभयो ? यो प्रश्न सोध्ने माननीय ? (त्यसपछि ज्ञानेन्द्र शाहीले हात उठाए) नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।’