समाचार

    Showing 17,111-17,120 of 25,909 items.
  • घर नजिकै जमेको पानीमा डुबेर २ वर्षे बालकको मृत्यु

    मोरङ— मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर बुधबार बिहान एक नाबालकको मृत्यु भएको छ।रतुवामाई नगरपालिका–५ का नुर मोहमदका २ वर्षीय छोरा मोहमद मुसाहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एकाबिहानै घरबाट नाबालक हराएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा बिहान ७ बजेतिर शव फेला परेको हो। घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिजुवाका इन्सपेक्टर दीपक खरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । 

    • प्रकाशित मितिः असार १२, २०८१
    • 341 पटक पढिएको
  • ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान हुँदा २० जना पक्राउ, १५ जना अझै फरार

    काठमाडौं- हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० किलोग्राम (केजी) सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्। यस विषयमा केही दिनभित्र पत्रक

    • प्रकाशित मितिः असार १२, २०८१
    • 333 पटक पढिएको
  • रुसी सेनामा काम गर्ने तनहुँका रञ्जित गुरुङको मृत्यु

    तनहुँ— रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ।  आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएका थिए। उनको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।  एम्बुसमा परी असार ५ गते निधन भएको खबर प्राप्त भएको उनले बताए। रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् ।मृतक गुरुङको परिवारमा श्रीमती एक छोरा र एक छ

    • प्रकाशित मितिः असार १२, २०८१
    • 489 पटक पढिएको
  • अपडेट: लमजुङ पहिरोमा एकको शव भेटियो, तीन जना अझै बेपत्ता

    लमजुङ— लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर

    • प्रकाशित मितिः असार १२, २०८१
    • 515 पटक पढिएको
  • कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

    कास्की— अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा परेर एकजना घाइते भएका छन् ।  कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटा

    • प्रकाशित मितिः असार १२, २०८१
    • 681 पटक पढिएको
  • झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार, पाँच जना दोषी

    काठमाडौं— सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार भएको छ। विशेष अदालतले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजयकुमार यादव, प्रतिष्ठानका अध्यक्ष रेवती पन्तसहितका पदाधिकारी गरी पाँचजनालाई दोषी ठहर गरेको छ। आठ महिनाअघि दायर भ्रष्टाचार मुद्दामा मंगलबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन मन्त्री विजयकुमारलाई मुख्य कसुरदार ठहर गरेको हो। दोषी ठहर गरिएका प्रतिष्ठानका अध्यक्ष पन्त एमाले सर्लाहीका पूर्वअध्यक्ष पनि हुन्। प्रति

    • प्रकाशित मितिः असार १२, २०८१
    • 595 पटक पढिएको
  • पहिरोले घर र गोठ पुरिँदा ओखलढुंगामा एक जनाको मृत्यु

    ओखलढुंगा : ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । प्रहरीले मृतकको लास घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाल जनाएको छ  । पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ

    • प्रकाशित मितिः असार १२, २०८१
    • 369 पटक पढिएको
  • लमजुङमा पहिरो: तीन घर बगायो, चार जना बेपत्ता

    लमजुङ— लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ । रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य

    • प्रकाशित मितिः असार १२, २०८१
    • 520 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी

    • प्रकाशित मितिः असार १२, २०८१
    • 303 पटक पढिएको
  • जब महिला राष्ट्रिय झन्डा राखेको माइतीघरको पोलमा चढिन् ...

    काठमाडौँ- माइतीघर सधै मानिसको चहलपहल भइरहने ठाउँ हो। बाक्लो सुरक्षाकर्मी रहने क्षेत्रमा आज एउटा अनौठो घटना घट्यो। दिउँसोको कुरा हो। माइतीघर मण्डलाको राष्ट्रिय झण्डा राखेको पोलमा चढिन्, अनि हामफाल्न खोजिन्। हत्तपत्त उनलाई पोलबाट प्रहरीले झार्यो। पोलबाट झारेर उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ। उनी थिइन्, आरती गिरी। केही महिना अघि मात्रै उनले श्रीमान्माथि बलात्कारको मुद्दा हालिन्। उनका श्रीमान् न्यायाधीश भुवन गिरी दोषी ठहर भएर अहिले कारोगारमा छन्। आफ्नो मन्जुरी बिना

    • प्रकाशित मितिः असार ११, २०८१
    • 417 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.