मोरङ— मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर बुधबार बिहान एक नाबालकको मृत्यु भएको छ।

रतुवामाई नगरपालिका–५ का नुर मोहमदका २ वर्षीय छोरा मोहमद मुसाहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनका अनुसार खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

एकाबिहानै घरबाट नाबालक हराएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा बिहान ७ बजेतिर शव फेला परेको हो। 

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिजुवाका इन्सपेक्टर दीपक खरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।