तनहुँ— रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ।  आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।

नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएका थिए। उनको निधन भएको खबर बुधवार प्राप्त भएको गुरुङको नाताले दाइ पर्ने आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।  एम्बुसमा परी असार ५ गते निधन भएको खबर प्राप्त भएको उनले बताए। 

OM Sai Pathibhara Hospital

रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएका हुन् ।

मृतक गुरुङको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन्। 

तस्बिर: मृतक रञ्जित गुरुङ/ गोरखापत्र