काठमाडौँ- माइतीघर सधै मानिसको चहलपहल भइरहने ठाउँ हो। बाक्लो सुरक्षाकर्मी रहने क्षेत्रमा आज एउटा अनौठो घटना घट्यो। 

दिउँसोको कुरा हो। माइतीघर मण्डलाको राष्ट्रिय झण्डा राखेको पोलमा चढिन्, अनि हामफाल्न खोजिन्। हत्तपत्त उनलाई पोलबाट प्रहरीले झार्यो। 

OM Sai Pathibhara Hospital

पोलबाट झारेर उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ। उनी थिइन्, आरती गिरी। 

केही महिना अघि मात्रै उनले श्रीमान्माथि बलात्कारको मुद्दा हालिन्। उनका श्रीमान् न्यायाधीश भुवन गिरी दोषी ठहर भएर अहिले कारोगारमा छन्। 

आफ्नो मन्जुरी बिना श्रीमान भुवन गिरीले बलात्कार गरेको दाबी गर्दै आरतीले जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले १३ जेठमा गिरीलाई दोषी ठहर गरेको थियो ।

गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएको थियो । तर आफूले अहिलेसम्म क्षतिपूर्ति नपाएको भन्दै आरतीले पोलमा चढेर आत्महत्याको प्रयास गरेकी हुन्।