समाचार

    Showing 161-170 of 26,780 items.
  • भोटेकोशी बाढीपीडितका लागि गुल्मीका चार पालिकाको साथ, झण्डै २३ लाख सहयोग

    गुल्मी । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहले २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग गर्ने भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत आवश्यक भइरहेका बेला गुल्मीका स्थानीय तहले आफ्नो तर्फबाट आर्थिक सहयोग जुटाएका हुन् ।सहयोग गर्नेमा रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिका छन् । रेसुङ्गा नगरपालिकाले सबैभन्दा बढी १० लाख रुपैयाँ, गुल्मीदरबार गाउँपालिकाले ५ लाख, मालिका गाउँपालिकाले ३ लाख र मदाने गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।यससँगै मदाने गाउँपालिकाका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 187 पटक पढिएको
  • बाढी उद्धारमा नेपाललाई विदेशी प्राविधिकको साथ, भारत–चीन–कोरियाका टोली मैदानमा

    काठमाडौं । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाललाई सघाउन भारत, चीन र दक्षिण कोरियाका विज्ञ तथा प्राविधिक टोली परिचालन भएका छन् । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको उद्धार र पहिचान नखुलेका शव व्यवस्थापनमा विदेशी विशेषज्ञको सहयोग लिइएको हो ।परराष्ट्र मन्त्रालयका अनुसार सुरुङ उद्धारका लागि भारतबाट ११ जना र चीनबाट ९ जना विशेषज्ञ नेपाल आएका छन् । उनीहरूसँगै दक्षिण कोरियाका विशेष प्राविधिक टोलीले पनि नेपाली सुरक्षा तथा उद्धार निकायसँग समन्वय गरेर काम गरिरहेका छन् ।परराष्ट्र सचिव अमृतबहादुर राईले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी विशेषज्ञको सहयोग प्राव

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 322 पटक पढिएको
  • चितवनमा ९६ बाढीका शव गाडिए, डीएनए नमुना र संकेत नम्बर सुरक्षित

    चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याइएका पहिचान खुल्न नसकेका शवको व्यवस्थापन थालिएको छ । महामारीको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार देवघाटको जंगलमा ९६ शव गाडेको हो ।चितवनमा शनिबारसम्म बाढीबाट २५९ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीमध्ये ९ वटा शव आफन्तले पहिचान गरी बुझिसकेका छन् भने बाँकी शवको पहिचान हुन सकेको छैन ।शव राख्न पर्याप्त चिस्यान केन्द्रको व्यवस्था नभएका कारण शव सड्न थालेपछि संक्रमण तथा महामारीको जोखिम बढेको प्रशासनको निष्कर्ष थियो । त्यसपछि प्रशासनले बैठक बसेर पहिचान हुन नसकेका शवलाई सुरक्षित तरिकाले गाड्ने निर्णय गरेको हो ।तर, शव गाडिए

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 185 पटक पढिएको
  • विपद्को घाउ गहिरिँदै गएपछि अन्तर्राष्ट्रिय सहयोग गुहारियो, सरकारलाई पुनर्स्थापनामा जोड दिन आग्रह

    काठमाडौं । भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायसँग अपिल गरिएको छ ।संविधान सभा सदस्य परिषद् नेपालले आइतबार विज्ञप्ति जारी गर्दै विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको हो ।परिषद्का महासचिव दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा राजनीतिक दल, भ्रातृ संघ–संगठन, शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी व्यवसायी, वित्तीय संस्था तथा मित्रराष्ट्रसँग समेत प्रभावितको उद्धार र राहत अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।बाढीबाट रसुवा, नुवाको

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 59 पटक पढिएको
  • सुरुङ उद्धारमा स्वदेशी जनशक्ति अपुग भएपछि चीन र भारतबाट विशेषज्ञ बोलाइयो

    नुवाकोट । रसुवा बाढीपछि नुवाकोटस्थित सुरुङमा फसेकाहरूको उद्धारमा थप प्राविधिक सहयोग आवश्यक परेपछि सरकारले चीन र भारतबाट विशेषज्ञ टोली बोलाएको छ ।परराष्ट्रमन्त्री शिशिर खनालले स्वदेशी जनशक्तिबाट मात्रै उद्धार सम्भव नभएपछि मित्रराष्ट्रसँग सहयोग मागिएको बताएका छन् । आइतबार बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा उनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विदेशी प्राविधिक सहयोग लिइने जानकारी दिए ।सुरुङभित्रको कठिन भौगोलिक अवस्था र उद्धारमा देखिएको प्राविधिक चुनौतीका कारण नेपाली उद्धार टोलीसँगै चिनियाँ र भारतीय विशेषज्ञ परिचालन गर्न लागिएको हो । सुरुङमा फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 57 पटक पढिएको
  • भोटेकोशी बाढी: ७८८ वटा शव फेला, उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन

    काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् । बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 176 पटक पढिएको
  • त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, बाढीका शव राख्न अब १० ठाउँ मात्रै बाँकी

    काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको शव लगातार फेला पर्न थालेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा चाप बढेको छ । अस्पतालले अब थप करिब १० वटा शव मात्रै राख्न सकिने जनाएको छ ।अस्पतालका फोरेन्सिक विज्ञ डा। गोपाल चौधरीका अनुसार रसुवा बाढीपछि अहिलेसम्म ६० वटा शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ वटा शवको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ ।अस्पतालको शवगृहको कुल क्षमता १५० भए पनि यसअघि नै करिब ८० वटा शव राखिएकाले बाढीबाट ल्याइएका शवका लागि उपलब्ध क्षमता तीव्र रूपमा घटेको हो । अहिले थप १० वटा शव आएपछि शवगृहको उपलब्ध स्थानसमेत भरिने अस्पत

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 175 पटक पढिएको
  • पृथ्वीराजमार्ग थुनिए पनि काठमाडौंमा इन्धनको चिन्ता छैन, हेटौंडाबाट वैकल्पिक आपूर्ति

    काठमाडौं । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने आशंका बढिरहेका बेला नेपाल आयल निगमले वैकल्पिक मार्गबाट इन्धन आपूर्ति सुरु गरिएकाले तत्काल अभाव नहुने जनाएको छ ।धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर नजिकै त्रिशूली नदीले सडक कटान गरेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । मुख्य राजमार्ग अवरुद्ध भएपछि राजधानीमा पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुनसक्ने चिन्ता बढेको थियो ।तर, निगमले आपूर्ति प्रणालीलाई वैकल्पिक बाटोमा मोडेको छ । अमलेखगञ्जबाट हेटौंडा हुँदै साना क्षमताका ट्यांकरमार्फत काठमाडौंमा इन्धन ल्याउन

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 230 पटक पढिएको
  • बाढीप्रभावित क्षेत्रमा फिरिरीद्वारा १० लाख बढीको राहत सहयोग

    काठमाडौं / नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई फिरिरीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो । कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत उक्त राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ । राहत सामग्रीमा नौ सयवटा नयाँ टिसर्ट, खानेपानी र खाद्यान्न सामग्री रहेका छन् ।प्रवन्ध निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगार्थ थोरै भएपनि आफू

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 203 पटक पढिएको
  • शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

    काठमाडौं / भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा शव व्यवस्थापन तथा पहिचानका लागि फ्रिजर र डीएनए परीक्षण किट तत्काल आवश्यक रहेको बताए ।‘शवहरू थुप्रै संकलन गरिसकेका छौँ र डिकम्पोज हुन सुरु भइसकेको छ । जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न अहिले फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.