समाचार

    Showing 16,931-16,940 of 25,908 items.
  • पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

    काठमाडौं–पहिरोले गल्छी–रसुवागढी सडक अन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै खसेको पहिरो जाँदा विभिन्न चार स्थानमा आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने जनाइएको छ । 

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 370 पटक पढिएको
  • नियम अनुसार बक्यौता उठाउने कुरामा प्राधिकरणसँग कुनै मतभेद छैन : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भनेका छन्, ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ ।’प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देशन दिएको आर

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 514 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।राति बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थ

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 321 पटक पढिएको
  • सिमलताल पहिरो : बस तथा यात्रुको खोजी १२औँ दिनमा पनि जारी

    काठमाडौं–त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी १२औँ दिन पनि खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा हराइरहेका बस तथा यात्रुको खोजी भइरहेको हो । सुरक्षाकर्मीले घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागेका छन् । नेपाली सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ । सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुन: खोजतलास थालिएको हो । यसअघि भेटिएका भनेका २५ श

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 441 पटक पढिएको
  • पहिरो खस्दा कालीगण्डकी करिडोर बन्द

    काठमाडौं–वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बन्द भएको छ । सोमबार बेलुकादेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो । अहिले पनि वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या हुँदैछ । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात टुटेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका कृषकलाई थप समस्या भएको छ ।  

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 404 पटक पढिएको
  • ६ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस

    काठमाडौं–प्रहरीले विभिन्न व्यक्तिलाई प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्यूटरतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।  नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह इन्जिनियरिङ्ग उपसमूह, सूचनाप्रविधि कम्प्युटर तर्फको प्रहरी सहायक निर्देशकमा ६ जनालाई सिफारिस गरिएको हो ।  

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 240 पटक पढिएको
  • जोशी एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं–नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको हिजो बसेको बैठकले जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् । 

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 333 पटक पढिएको
  • क्रोएशिया पठाउने भन्दै ठगी गर्ने जैसवाल समातिए

    काठमाडौं–क्रोएशिया पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका–२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका–३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ पचली भैरवबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।&nb

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 445 पटक पढिएको
  • विपद्‍मा परी ज्यान गुमाउनेको संख्या १३१ पुग्यो

    काठमाडौं– अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी ज्यान गुमाउनेहरुको संख्या १ सय ३१ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुद

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 404 पटक पढिएको
  • १,३०० विद्यार्थी स्वदेश फर्किए, बंगलादेशमा सबै सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

    काठमाडौं–बंगलादेशमा भएको आरक्षणविरोधी आन्दोलनपछि एक हजार भन्दा धेरै नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा भएका सबै नेपाली विद्यार्थीहरू सुरक्षित छन् । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको समेत जानकारी गराएको छ । विद्यार्थीहरूको प्रदर्शनले उग्र रूप लिएपछि बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरेको छ । आरक्षण प्रणालीले पाकिस्तानविरुद्ध १९७१ को युद्धमा लडेका व्यक्तिहरूको सन्तान, महिला, जातीय अल्पसंख्यक, र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि आ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 460 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.