काठमाडौं–पहिरोले गल्छी–रसुवागढी सडक अन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै खसेको पहिरो जाँदा विभिन्न चार स्थानमा आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने जनाइएको छ ।