काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भनेका छन्, ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ ।’

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देशन दिएको आरोप लागेपछि यस्तो बताएका हुन् । ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा पनि जवाफ दिएका थिए । सरकारी राजश्व एक पैसा पनि नछाड्ने तर कसैलाई कुरा मिलेन भन्दैमा नियम विपरीत रकम तिर भन्न पनि नमिल्ने तर्क ओलीको छ ।