काठमाडौं–त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी १२औँ दिन पनि खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा हराइरहेका बस तथा यात्रुको खोजी भइरहेको हो ।

सुरक्षाकर्मीले घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागेका छन् । नेपाली सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त  खोजतलास भइरहेको छ ।

OM Sai Pathibhara Hospital

सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुन: खोजतलास थालिएको हो । यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । नदीमा हामफालेकी पाल्पाकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत भएको छैन ।