काठमाडौं–वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बन्द भएको छ । सोमबार बेलुकादेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो ।

अहिले पनि वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या हुँदैछ । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात टुटेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका कृषकलाई थप समस्या भएको छ ।