समाचार

    Showing 16,881-16,890 of 25,906 items.
  • सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

    काठमाडौं–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको पहिरोले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेको छ । यसअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका यात्रुलाई समस्या भएको छ । 

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 275 पटक पढिएको
  • बाढीमा जलमग्न काठमाडौं उपत्यका

    काठमाडौं–निरन्तरको वर्षापछि आएको बाढीमा काठमाडौं उपत्यका जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको भएको छ । मधेस, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ । अहिले देशभर  साधारणतया बदली रही बागमती  र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टा सबै प्रदेशका केही स्थानमा मेघगर्जन

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 447 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशभर आंशिकदेखि साधारण तया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो  देशभर साधारणतया बदली रहनेछ । सो समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति देश

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 289 पटक पढिएको
  • एकै पटक ९१ न्यायाधीशको सरुवा

    काठमाण्डौ   ।   न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो ।एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए ।यस्तो छ सूची :

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 263 पटक पढिएको
  • केरला पहिरो अपडेट : एक नेपालीसहित ४५ जनाको मृत्यु, चार सय बेपत्ता

    काठमाडौं- भारतको केरला राज्यको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।मंगलबार बिहान करिब ३ बजे ४ ठाउँमा पहिरो खसेको थियो । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् । घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन्। अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार ४०० भन्दा बढी व्यक्ति बेपत्ता छन् । ५० जनाको अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ ।पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्‍याएको छ । केरलका मुख्यमन्त्री पिनरायी विजयनले एयर फोर्सको हेलिकोप्टर प्रयोग

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 92 पटक पढिएको
  • लागुऔषध सहित ९ जना पक्राउ

    मोरङ    ।    मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ बर्षीय रमेश देउजा र ३४ बर्षीय बिक्रम भन्ने पूर्

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 279 पटक पढिएको
  • प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा उपप्रधानमन्त्री, मन्त्रीको पनि उपस्थिति हुनेछन् । प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिनुुभएको थियो । सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिनुभएको थियो ।

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 414 पटक पढिएको
  • विपद्‍मा परी १४३ जनाको मृत्यु

    काठमाडौं–देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १ सय ४३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४३ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३५ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ४४ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ६१ जना घा

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 277 पटक पढिएको
  • दुई लाखको लोभमा आफ्नै सहयोगीले गरे पूर्वमन्त्रीको हत्या

    काठमाडौं–पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जना समातिएका छन् । ८१ वर्षका रायको यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने युवकले रायको हत्या गरेका हुन् । पूर्व भूमिसुधार राज्यमन्त्री यादवको हत्या कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले गरेको प्रहरीले जानकारी दिएको छ । पूर्वमन्त्रीको हत्या गर्न छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले दुई

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 490 पटक पढिएको
  • सरकारले सरुवा गरेका २१ सचिव, को कहाँ पुगे ?

    काठमाडौं– सरकारले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पाएको छ । अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरे आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हाल जल तथा ऊर्जा आयोगबाट केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा सचिव भएका छन्। अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्याय अख्ति

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 532 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.