काठमाडौं–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको पहिरोले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेको छ । 

यसअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो । सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका यात्रुलाई समस्या भएको छ ।