काठमाडौं–निरन्तरको वर्षापछि आएको बाढीमा काठमाडौं उपत्यका जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको भएको छ ।

मधेस, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा भएको छ । अहिले देशभर  साधारणतया बदली रही बागमती  र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी  प्रदेशका केही भेगमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आज पनि कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि  सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।