समाचार

    Showing 16,691-16,700 of 25,889 items.
  • तनहुँ दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो

    काठमाडौं- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । घाइते भएकामध्ये १२ जनालाई नेपाली सेनाको हलिकप्टर मार्फत काठमाडौ ल्याइएको छ । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ या

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 386 पटक पढिएको
  • १२ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौ ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार हुदै

    काठमाडौँ- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । मरस्याङ्दी नदीमा भारतीय बस खस्दा घाइते भएकामध्ये १२ जनालाई नेपाली सेनाको हलिकप्टर मार्फत काठमाडौ ल्याइएको हो । उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ यात्रु र २ जना स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहे

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 306 पटक पढिएको
  • गृहमन्त्री समक्ष मुसहर समुदायको मागः ‘हामीलाई नागरिकता र जमिन चाहियो ’

    सिरहा- नागरिकता र जमिन माग्दै तराईका दलित मुसहर समुदायले  गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् । सिरहाको लहान नगरपालिकाको सभाकक्षमा आज आयोजित एक कार्यक्रमबीच ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।मुसहर समुदायले नागरिकता सम्बन्धी समस्या तत्काल समाधान गर्न ज्ञापनपत्र मार्फत माग गरेका छन् ।  उक्त ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वङ्शजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्वासीलाई खेतीयोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्ने लगायतको पाँच बुँदे माग समावेश

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 561 पटक पढिएको
  • मन्त्रिपरिषद्को निर्णयले टिकटक कम्पनी उत्साहित

    काठमाडौँ-  टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख छ।‘हामी नेपालीहरूको उन्मुक्

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 531 पटक पढिएको
  • अर्थमन्त्रीको दाबीः नयाँ सरकार बनेको एक महिनामै राजश्व २० प्रतिशतले बढ्यो

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको दाबी गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएको एक महिना अवधिमै अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको बताए । गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको उनको दाबी छ । ‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेका छ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 441 पटक पढिएको
  • मेडिकल टिमसहित सेनाको हेलिकप्टर दुर्घटनास्थल पुग्यो

    काठमाडौं- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीका अनुसार मेडिकल टीमसहितको सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको छ । गभीर घाइतेहरुलाई हेलिकप्टर माफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 519 पटक पढिएको
  • भारतमा पहिरोमा परी चार नेपालीको मृत्यु

    काठमाडौ- भारत केदारनाथ नजिकै फाटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । गएराति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उत्तराखण्ड राज्यको रुद्रप्रयाग प्रहरीका अनुसार पहिरोमा परी मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा रहेका छन् । उनीहरुको पुणर् विवरण भने अझै खुलिसकेको छैन । पहिरोमा पुरिएका चारै जनाको शव निकालि रुद्रप्रयाग अस्पतालमा पुर्‍याइएको छ ।दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । घटनास्थ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 249 पटक पढिएको
  • तनहुँको ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो: १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

    काठमाडौं- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भारतीय यात्रु सवार बस मस्र्याङ्दी नदीमा खसेको हो । दुर्घटनास्थलबाट हालसम्म १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थप १६ जना घाइतेको उद्धार गरिएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 407 पटक पढिएको
  • डुवान क्षेत्रमा पानी घटे पनि विस्थापितहरू सडकमै

    कैलाली- कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् । हिजो मोहना, पथरैया, कान्द्रा, काँढा नदीमा आएको बाढीले सो पालिका जलमग्न भएको थियो । बाढीले १ देखि ९ वडासम्म डुबान गरेपछि चार हजार ३२७ परिवार प्रभावित भएका थिए । प्रभावितमध्ये ७५० परिवार विस्थापित भएर हुलाकी राजमार्ग र आफन्तको घरमा आश्रय लिएको जनाइएको छ । बाढी घटे पनि कतिपय विस्थापित अझै सडकमा बसिरहेको भजनी नगरपालिकाको विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णु न्यौपानेले जानकारी दिए । बाढी घटे पनि घरभित्र हिलो छ । मान्छेहरु घरसम्म आ

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 371 पटक पढिएको
  • नेपाली सेनामा खुल्यो २८० जनालाई जागिर

    काठमाडौं- नेपाली सेनामा २८० जनालाई जागिर खुलेको छ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना छनोट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ । फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 410 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.