काठमाडौँ- तनहुँको आबुखैरेनीमा भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

मरस्याङ्दी नदीमा भारतीय बस खस्दा घाइते भएकामध्ये १२ जनालाई नेपाली सेनाको हलिकप्टर मार्फत काठमाडौ ल्याइएको हो । 

OM Sai Pathibhara Hospital

उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ । 

आज बिहान पोखराबाट काठमाडौैंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । 

सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायका अनुसार बसमा ४१ यात्रु र २ जना स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।

दुर्घटनामा परेको यात्रुबाहक बस भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।