समाचार

    Showing 1,661-1,670 of 19,011 items.
  • कावा सभापति खडकालाई ट्रेड युनियन कांगे्रसको ज्ञापनः निर्वाचनअघि महाधिवेशन गरौं

    काठमाडौं— नेपाल ट्रेड युनियन कांगे्रसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै टे«ड युनियन कांगे्रसले फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांगे्रसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहनु भएका श्रमिकहरुलाई कार्यस्थलबाट नै मतदानको व्यवस्था गर्नुपर्नेलगायतका मागह

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 438 पटक पढिएको
  • बाजुराका एक युवकको ट्याक्टर दुर्घटनामा परि मृत्यु

    बाजुरा— बाजुराका एक युवकको मुगुमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकाया रहेका छन् ।विद्युतको पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । साथै, हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएका छन् । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर दुर्घटनामा परेको हो।  लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।दुर्घटनामा प

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 431 पटक पढिएको
  • निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् ।  उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौ, बीमा कम्पनीहरुले पूर्ण मूल्यांकन हुनुभन्दा अगाडी नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीहरुले त्यो अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरौ भनेर त्यो गरेको त्ये अहि

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 402 पटक पढिएको
  • ललितपुर महानगरमा नयाँ प्रविधिः आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

    ललितपुर— ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो । आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउनसक्छ । उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 388 पटक पढिएको
  • मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया

    मुगु— आर्थिक , भौतिक,शिक्षा,स्वास्थ्य,रोजगार लगाएत बिभिन्न क्षेत्र बाट थला परेको मुगु जिल्लाको सोरुगाँउपालिकाका नागरिकहरुलाई आँखा सम्बन्धि बिभिन्न रोगबाट थला परेका नागरीकहरुले घर दैलोमा निशुल्क आँखा चेकजाच,शल्यक्रिया पाउदा स्थानिय बासीहरु निकै खुसी भएका छन ।सोरुगाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्र्ने,चिलाउने,पाक्र्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्र्ने,आफन्तहरुको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हौरान भई रहेको थियो घरको आर्थिक अबस्था कमजारी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए । हिजा आज गाँउपालिकाको आयोजनमा घरमै निशुल्का आँखा चेकजाच गरी मोतिबिन्

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 429 पटक पढिएको
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

    जनकपुर— मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 371 पटक पढिएको
  • महागुरु फाल्गुनन्दका शिक्षाले समाजलाई एकताको बाटो देखाएको छः मुख्यमन्त्री कार्की

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्।महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन राज्यको दायित्व भएको बताएका छन्। उनले फाल्गु

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 411 पटक पढिएको
  • प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

    काठमाडौं— नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु गर्ने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । आजको कार्यक्रममा कतिपय पाल

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 374 पटक पढिएको
  • महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    काठमाडौ। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।  किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँ

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 307 पटक पढिएको
  • सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

    सोलुखुम्ब। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।  विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उहाँले बताउन

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 266 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा