काठमाडौं। अविरल वर्षापछि पहिरो र खोलाको बहाव खतरनाक बनेसँगै काठमाडौंबाट हेटौँडा जाने दुई मुख्य सडकखण्डमा सवारी आवागमन रोकिएको छ।
मकवानपुर प्रशासनले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकमा अर्को सूचना नआउँदासम्म र हेटौँडा–भैँसे–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकमा असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरेको जनाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, मौसम र सडक अवस्थाबारे आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न सबैलाई आग्रह गरेको छ।






































