समाचार

    Showing 15,691-15,700 of 25,865 items.
  • रविको बयानमा जीबी राई प्रकरण

     काठमाण्डू :रास्वपाका सभापति रवि लामिछानेले बयानका क्रममा जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना चेक काट्न सम्भव नभएको बताएका छन्। ‘भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता जिबी राई संसारको जुन कुनामा भए पनि जिबी ग्रुप अफ कम्पनिजका कर्मचारी एवं राईको विश्वास पात्र रविना रिमालको समन्वय र अनुमति विना सम्भव थिएन,’ लामिछानेले बयानमा भनेका छन्, ‘सम्पूर्ण वित्तीय कारोबार लगानीकर्ता राई स्वयमले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट यकिन गरे पश्चातमात्र चेकहरू जारी हुने हुनाले मेरो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रूपमा मात्रै थियो।’

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 306 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 245 पटक पढिएको
  • काठमाण्डूको धोबीखोलामा कार खस्यो

     काठमाण्डू :आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो।कार ललितपुर महानगरपालिका-१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। उनको सकुशल उद्धार गरिएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 295 पटक पढिएको
  • दमकमा हात्तीको उपद्रो

    दमक  ।  दमक २ नम्बर वडामा  हात्तीले ७ वटा घर भत्काएका छन्।  पाङ्रीचोकमा गीता धिमालको घर पूर्ण रूपले क्षति भएको र एभरेस्ट टोलमा राम श्रेष्ठको घर पनि क्षति पुर्‍याएको छ। अरु पाँचवटामा भने सामान्य क्षति पुर्‍याएको छ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 186 पटक पढिएको
  • जंगली जनावर मार्न धराप थापेको आरोपमा चारजना पक्राउ

    कैलाली । कैलालीमा जंगली जनावर मार्न थापेको धरापमा युवक परेको घटनामा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरी रहेका छन् ।गौरीगंगा नगरपालिका-१ को मौवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।उनी उपचारपछि घर फर्किसकेका छन् । पक्राउ परेकाविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 185 पटक पढिएको
  • सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरे

    काठमाण्डौ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्।सर्बेन्द्रका अनुसार, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।‘म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’खनालले २६औं प्रहरी प्रमुखका रूपमा २०७४ चैतदेखि २०७६

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 211 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 461 पटक पढिएको
  • चिनसंग भैसीको मासु निर्यात सम्बन्धी सम्झोता खारेजको मांग गर्दै बिरोध जुलुस

    काठमाण्डू :चिनसँग भएको भैँसीको मासु निर्यातबारे सम्झौता खारेज गर्न माग गर्दै सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 280 पटक पढिएको
  • झापाको कमलमा ब्राउन सुगरसहित चारजना पक्राउ

    बिर्तामोड :झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन्।प्रहरीका अनुसार   हिजो अपरान्ह ४बजे मल गाउँपालिका ४ साधुटोलस्थित सीता नेम्बाङको घरकोठाभित्र स्थानीय ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा खानतलासी लिइएको थियो ।प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडिपट्टिको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।सोही बेला धनराज लिम्बूला

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 265 पटक पढिएको
  • भीम रावलको पूर्बी नेपालको दौडाहा

     मोरंग :‘मातृभूमि जागरण अभियान’ को क्रममा शनिबार विराटनगर पुगेका पूर्वगृहमन्त्री डा.भीम रावललाई एमाले, एकिकृत समाजवादीका नेता-कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले स्वागत गरेका छन । पूर्वी यात्रामा निस्किएका डा. रावलले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.