समाचार

    Showing 14,721-14,730 of 25,837 items.
  • इटहरीमा प्रहरीद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी अभियान

    इटहरी (सुनसरी) । इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ । चर्को आवाज निकालेर तथा स्वरुप परिवर्तन गरेर सवारी चलाउने, ट्राफिक नियम पालना नगर्नेलाई सचेतनासँगै आवश्यकताका आधारमा कारबाही गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।अभियानअन्तर्गत एक सातामा चर्को आवाज निकाल्ने तथा ट्राफिक नियम पालना नगर्ने एक सय ५९ मोटरसाइकल चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।जिल्लास्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीलले भने, ‘त्यस्ता मोटरसा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 364 पटक पढिएको
  • सक्रिय बन्दै बागलुङका न्यायिक समिति

    गलकोट (बागलुङ) । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय सरकारबाट निरुपण गर्ने उद्देश्यले यहाँका स्थानीय पालिकाका न्यायिक समितिका संयोजकहरू जुटेका हुन् । जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताहरूको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ । बडिगाड गाउँपालिकाको आयोजनामा वडा नं ७ को पर्यटकीयस्थल थामचौरमा न्यायिक सम्मेलन सम्पन्न गरिएको थियो । दोस्रो जिल्लास्त

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 298 पटक पढिएको
  • लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य तीन, विकास बैंक एक दशमलव ८६, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र लघुवित्त शून्य दशमलव शून्य पाँच प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त एक दशम

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 335 पटक पढिएको
  • ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द

    ताप्लेजुङ । जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।नेपाल वायु सेवा निगमको ट्व

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 297 पटक पढिएको
  • काठमाडौं महानगरलाई मन्त्रालयको पत्रः गुरागाईंलाई काम गर्न दिनुहोला

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।महानगर प्रमुख बालेनले आफ्नो कार्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 360 पटक पढिएको
  • ‘नेपालको गुन्द्रुक–सिन्कीलाई स्टार होटलहरुमा अनिवार्य गराइनुपर्छ

    काठमाडाै । इलामको रोङ गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र हो । स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको बजारीकरणका लागि भनेर स्थानीय सरकारले नै यसको ब्राण्डिङ सुरु गरेको हो । गुन्द्रुकका कारण ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुनेलगायतका बहुआयामिक फाइदा हुने भएकाले गुन्द्रुक र सिन्कीको ब्राण्डिङ गरी बजारमा पुर्याउन थालिएको हो ।कृषिजन्य उत्पादनले बजार पाइएन भनेर नागरिकहरु सरकारलाई गाली गर्न  तछाडमछाड गरिरहेका बेला यस्तो योजना आएको हो । पालिकाको नीतिलाई फेरबलद गरेर जानुपर्ने आवश्यकतालाई मध्यनजर गरेर रोङ

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 357 पटक पढिएको
  • सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यही फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय साउदी सरकारबाट बहुउद्देश्यीय पोलिटेक्निक इन्स्टिच्युट निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर महोत्तरीको बलवा नगरपालिकामा उपयोग गरि

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 198 पटक पढिएको
  • तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब

    दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत्गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेरपेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ । तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएक

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 310 पटक पढिएको
  • फेरिए ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी

     काठमाडौं— सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरेको छ। गृह मन्त्रालयले विहीबार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो।बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 112 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.