समाचार

    Showing 14,711-14,720 of 25,837 items.
  • विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

    धरान (सुनसरी) । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन् ।इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन् । उनले सानो लगानीबाट पशुपालन र मौरीपालन गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन् ।आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने, ‘विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गराँै भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालन

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 330 पटक पढिएको
  • मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

    मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पु¥याउन सेवा दिइरहेका छन् ।मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 333 पटक पढिएको
  • पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

    तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 359 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रूपैयाँ ०२ पैसा र बिक्रीदर १५० रूपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९७ र

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 360 पटक पढिएको
  • पनौती नगरमा सञ्चालित तीन खानी–क्रसर उद्योग बन्द

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो ।

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 315 पटक पढिएको
  • पाङ्ग्रा बिना आएको बुद्ध एयरको विमान काठमाडौँमा सकुशल अवतरण

    काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।उनले भने, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देख

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 319 पटक पढिएको
  • सहकारी तथा लघुवित्त पीडिहरुले चैत १७ गतेदेखि आन्दोलन गर्ने

    काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न नौं वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । विही बार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कारवाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि नदिएको भन्दै आक्रोष व्यक्त गरे ।विभिन्न पीडित संगठनहरुको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने विश्वास लिदै भने,‘मैले पीडितको पक्षमा आन्दोलन गर्दैगर्दा देशद्रोहीलाई जस्तै ब्यावहार गरियो, राज्यब

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 277 पटक पढिएको
  • ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झ

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 324 पटक पढिएको
  • छ देशका राजदूतले गरे राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिनीका गैरआवसीय राजदुत अलासने कोन्टे, गणतन्त्र युगाण्डाका गैरआवसीय राजदुत जोइस काकुरामात्सी किकाफुण्डा, बोस्निया तथा हर्जगोभिनाका गैरआवसीय राजदुत हरिस हर्ले, गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदुत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदुत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदुत अलिकी कउटसोमिटोपोउलोउले ओहोदाको प्रमाणपत्र पेश गरेक

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 261 पटक पढिएको
  • मुन्दुम पदमार्ग विस्तारसँगै पुनःनिर्माण सुरु

    भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो ।पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्धेश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो । यो पदम

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 196 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.