समाचार

    Showing 14,591-14,600 of 25,829 items.
  • वीर अस्पताल निर्देशकको जिम्मा डा. शर्मालाई

    काठमाडौं— वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएको हो ।न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा.समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बोलाएको जानकारी दिए । मन्त्रालयबाट नियुक्ति पत्र ल

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 429 पटक पढिएको
  • कमजोरी सच्याउने आश्वासन दिदैँ मुख्यमन्त्रीले गरे विपक्षी दलसँग छलफल

    काठमाडौं— कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षी दलसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोसी प्रदेशसभा बैठकलाई गर्ने सम्बोधनका विषयमा औपचारिक जानकारी नगराएको भन्दै विपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए ।उनीहरूको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री कार्कीले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोसँग विराटनगरमा छलफल गरेका हुन् । मुख्यमन्त्री कार्कीले कमजोरीहरू सच्याएर अघि बढ्ने बताएको नेता आङ्बोले जानकारी दिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले आजको बैठकमा अनुपस्थित हुन सक्ने जनाउ दिएका थिए । प्रदेशसभा सचिवालय

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 512 पटक पढिएको
  • गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै होः एकीकृत समाजवादी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालयको तेस्रो बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै त्यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावना विपरीत भएको ठहर गरेको हो।‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरुद्ध गतिविधि गर्न थालेका छन्। यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन्’, बैठकपछि प्रचार विभा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 285 पटक पढिएको
  • रोङका एक सय २१ किसान ‘गुरु किसान’

    इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो ? उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । ‘अहिले एक सय २१ जना छानिनुभएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ’, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘किसानलाई उत्पादकत्वमा प्रतिस्पर

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 395 पटक पढिएको
  • सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिम

    बेलबारी (मोरङ) । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको प्राणी शास्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 205 पटक पढिएको
  • मतदाता नामावलीमा अनेरास्ववियू क्रान्तिकारीको असन्तुष्टि, पब्लिक युथ क्याम्पसमा तालाबन्दी

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको संयोजक रोशन कालिकोटेको हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । आफुहरुले भर्ना भएका विद्यार्थीहरुको तथ्यांक माग्दासमेत उपलब्ध नगराएको विषयप्रति आक्रोष भएको बताए ।स विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 414 पटक पढिएको
  • शिक्षक महासंघको आन्दोलनः आज कांग्रेस मुख्यालयमा धर्ना दिने

     काठमाडौं— विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघले मंगलबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन्। चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, सांसदहरूसँग भेट गरि विधेयक पारितका लागि दबाब दिने महासंघले जनाएको छ। जसअन्तर्गत आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ। सरकारसँग कुनै नयाँ सहम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 240 पटक पढिएको
  • सांसद तोसिमाको पदको रहने वा नरहने फैसला आज हुँदै

    काठमाडौं— ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा.तोसिमा कार्कीको पद रहने/नरहने आज फैसला हुने सम्भावना छ । पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको (निर्णय सुनाइने) आज अर्थात् मंगलबारलाई सारिएको थियो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।गएको पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 333 पटक पढिएको
  • स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता आज

    काठमाडौं— आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 221 पटक पढिएको
  • देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 251 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.