झापा / पाँचथरको याङवरक गाउँपालिका- ५ गुवापानी स्थितमा पोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा १९ वर्षीय सुमन काम्बाङ बाङ्गे पोखरीमा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै घटनास्थलमा प्रहरी टोली खटिगई घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाको छ ।
बिर्तामोड / मोरङको रंगेली नगरपालिका- ९ फर्साडागी स्थितमा ट्रिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो १२ बजे ना १ क ७२१८ नम्बरको ट्रिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र ट्रिपर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
काठमाडौं / सकम्बरी बोलको गीतबाट चर्चामा आएकी कुसुम शर्माले अब अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी छन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘सञ्जीवनी’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । फिल्म निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम र मुख्य कलाकारको बारेमा जानकारी गराइएको हो ।निर्देशक श्रेष्ठ फिल्ममा आर्यनको म्याचोर्ड (परिपक्व) क्यारेक्टर रहेको जानकारी दिए । ‘उहाँले यस अगाडि धेरै लभस्टोरी फिल्ममा काम गर्नुभयो । तर, यो उहाँको करिअरकै फरक लभस्टोरी हुनेछ,’ उनले कुसुमलाई लिनुको कारणबारे पनि भने,
झापा / रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्षीया बालिका बर्षा केसी रहेकी छन् ।उनको बाँया खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको जानकारी प्रहरीले जानकारी दिएको छ । घाइतेमध्य ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका हुन् । घाइते सबैलाई उद्धारपछि उपचारका ल
विराटनगर / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा शिक्षा कार्यशाला गर्ने भएको छ । नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा कार्यशाला सञ्चालन हुने परिषद्ले जनाएको छ । असार ९ गते शनिवार बिहान ११ बजेदेखि मोरङ व्यापार सङ्घमा कार्यशाला सञ्चालन हुने परिषद्का कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यशालाको टिप्पणीकर्तामा शिक्षाविद् तथा पूर्वाञ्चल विश्वविद्यालयका प
काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने बताए । ‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहनेछैनन्’, शर्माले भने, ‘ठुला तथा साना सिँचाइ आयोजनाहरूको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।’कृषि पेन्सन कार्यक्रम कटौती गरेको भन्दै
काठमाडौं / नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरू अदालत गएका हुन् । उनीहरूले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेक
झापा / ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । सिरिजङ्गा गाउँपालिका- ३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बुले जानकारी दिए ।मंगलबार राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थिए । त्यसक्रममा लक्ष्मणले चिर्पटले उनको टाउकोमा हिर्काएको डीएसपी लिम्बुले बताए। निशाको टाउकोबाट धेरै रक्तश्राव भएकाले मृत्यु भएको हो । ‘मृत्यु हिजै भइसकेको रहेछ। बुधबार बिहान खबर पाएका थियौं,ʼ उनले भने, ‘बाढी पहिरोले सडक अवरूद्ध भएकाले अस्पताल लगेनन्।ʼ घटनाबारे खबर पाएपछि बुधबार बिहान
झापा / बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका- १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।‘दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन,’ उनले भने । जिप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।
काठमाडौँ / विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मा सहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय सुनाइएको हो ।विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको छ ।विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएकोमा आज सजाय तोकिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.