समाचार

    Showing 13,311-13,320 of 25,799 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 298 पटक पढिएको
  • औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएका औषधी सहित एक जना पक्राउ

    काठमाडौं— नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेका छन् ।  जेठ १३ गते काठमाडौंको दक्षिणकाली नगरपालिका– ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।दासका साथबाट sildenafil Tablets IP 1

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 298 पटक पढिएको
  • जाँच गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँ बरामद, दुई जना पक्राउ परे

    नेपालगञ्ज— बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका  उनीहरुलाई पक्राउ गरेको प्रहरीकोृ भनाइ छ ।भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का एक हजार थान गरी कुल पाँच लाख भा

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 377 पटक पढिएको
  • प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा, बढुवा को को भए ?

    काठमाडौं— नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ ।बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 405 पटक पढिएको
  • खाजा खान होटेलमा पसेका युवकको मृत्यु

    काठमाडौं— ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो ।नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले जानक

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 380 पटक पढिएको
  • किर्ते चालक अनुमतिपत्र बनाएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं— यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनालाई गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ । कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो । 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 494 पटक पढिएको
  • काठमाडौंका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

    काठमाडौं— सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भत्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 324 पटक पढिएको
  • राजावादी आन्दोलनले सवारी यातायात प्रभावित, लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरे

    काठमाडौं— राजावादीले राजसंस्था पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।शुक्रबार (आज) पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् ।माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।यातायात प्रभावित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 353 पटक पढिएको
  • भारतीय नम्बरको स्कार्पियो कारबाट लागुऔषध गाँजा बरामद

    सुनसरी— सुनसरीको दुहबी नगरपालिका—११ स्थितबाट भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।  विहीबार प्रतिबन्धित लागु औषध बेचविखन भइरहेको सूचना पाएलगत्तै प्रहरीले १४ पोका गाँजा बरामद गरेको हो ।विहीबार बिहान ३ बजे लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो कार भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको (१४ पोका) ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद गरेसगै फरार

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 396 पटक पढिएको
  • झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

    बिराटनगर— लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीबाट ५ जनालाई पक्राउ गरेको हो ।झापाको मेचिनगर–११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर–१५ बाट ४ ग्राम ब्राउन सुगरसहित बेलबारी–४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 336 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.