काठमाडौं— सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । 

भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भत्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।