समाचार

    Showing 13,301-13,310 of 19,868 items.
  • क्यान्सर रोगबाट पीडित कांग्रेस नेता लामाको निधन

    काठमाडौं / नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । ब्लड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 51 पटक पढिएको
  • पहिरोमा परेकाको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    झापा / गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाइ दाहसंस्कार गरेका छन् । बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।बेपत्ता भएदेखि नै आफन्त र स्थानीय सहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८०
    • 63 पटक पढिएको
  • १५ वर्षीया किशोरी पाँच दिनदेखि बेपत्ता

    काठमाडौं  / गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन् । रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको  उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए । १५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 174 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित एक युवक पक्राउ

    बिर्तामोड / झापाको झापा गाउँपालिका- ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन । हिजो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१५ का ३८ बर्षीय अच्युत कुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 162 पटक पढिएको
  • झापामा बसको ठक्करबाट ५ बर्षीय बालकको मृत्यु

    बिर्तामोड / झापाको कमल गाउँपालिका- ३ स्थित भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । हिजो बिहान मे।१ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक कमल गाउँपालिका(२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०८०
    • 173 पटक पढिएको
  • सुनसरीबाट यार्सागुम्बा सहित दुई युवक पक्राउ

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका(२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ३ बजे  प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को २ ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो । यार्सागुम्बा बरामद भए संगै ओसार पसारमा संलग्न रहेकि धरान उपमहानगरपालिका(३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान(१९ का ४३ बर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा

    • प्रकाशित मितिः असार ८, २०८०
    • 232 पटक पढिएको
  • ओखलढुंगामा पहिरोमा परि एकै परिवारका ४ जनाको मृत्यु

    झापा / ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–८ विलन्दुका बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविता र छोरा दिनेशको पनि शव फेला परेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए । गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए ।राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ । ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन । वडाध्यक्षको अनुसार घनाबस्ती रहेको ग

    • प्रकाशित मितिः असार ८, २०८०
    • 179 पटक पढिएको
  • गोरखामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

    झापा / गोरखामा जन्ती सवार जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा रहेको डिएसपी लिलाराज लामिछाने जानकारी दिएका छन । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान

    • प्रकाशित मितिः असार ८, २०८०
    • 165 पटक पढिएको
  • अदालतले आदेश नमान्ने मेयर बालेनको घोषणा

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतको यस्तो आदेशपछि शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 89 पटक पढिएको
  • दुई फरार प्रतिवादी पक्राउ

    बिर्तामोड / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र व्यवहार र लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बुढीगंगा गाउँपालिका- ३ का ३४ वर्षीय विशाल सुवेदी र धरान उ-महानगरपालिका- १५  का २८ वर्षीय सजय तामाङ रहेका छन् । सुबेदीलाई अभद्र व्यवहार मुद्दामा  मोरङ जिल्ला अदालतको मिति २०७९ / १० / १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना सुनाएको थियो । फरार रहेका सुबेदीलाई पक्राउ गरी कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ । यसै गरी लागुऔषध मुद्दामा फरार रहेका तामाङलाई खोजतलास

    • प्रकाशित मितिः असार ७, २०८०
    • 65 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा