समाचार

    Showing 13,301-13,310 of 25,799 items.
  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं— डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।बोगटान गाउँपालिकाबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १४६४ नम्बरको बोलेरो जिप केआइसिंह गाउपालिका–५, केदारगाउँमा दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको हो ।बोगटान फुड्सिल गाउँपालिका–६ का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४, वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३, सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 326 पटक पढिएको
  • सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित

    काठमाडौं— सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 347 पटक पढिएको
  • राजावादीहरुको आन्दोलन बालुवाटार लम्किनेको तयारी, प्रहरीले कडाइ गर्ने

    काठमाडौं— राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज काठमाडौंको नारायणचौरमा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।आज २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको छ । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तय

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 331 पटक पढिएको
  • राजावादीको आज आन्दोलन नक्साल नारायणचौरमा

    काठमाण्डौ । राजावादीले आज नक्साल नारायणचौरमा दिउँसो २ बजे भेला भएर प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दै गएको संयुक्त जनआन्दोलन समितिले दाबी गरेको छ ।राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित राजधानीकेन्द्रित आन्दोलनलाई जारी राखेका छन् ।राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।माग पूरा नभएसम्म आन्दोलन जारी रहने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन । जेठ १५ गतेदेखि राजावादीले राजधानी

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 319 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३ पैसा र बिक्र

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 373 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 379 पटक पढिएको
  • आज २०८२ साल जेठ १८ गते आइतबार राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहे

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 507 पटक पढिएको
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टितेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धनको मूल्य भने घटाएको निगमले जनाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा २२ अमेरिकी डलरले घटाइएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 281 पटक पढिएको
  • अविरल वर्षाले कोशी लोकमार्ग र तमोर करिडोर अवरुद्ध

    काठमाडौं— गएराती परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन्। पानीसँगै आएको बाढीले कोशी लोकमार्ग अवरुद्ध भएको हो। धरान—धनकुटा सडकखण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी—६ लेउती खोलामा आएको बाढीले सडक कटान गरेको छ। सडक १०० मिटरजति कटान भएकाले दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले बाटो खुलाउन समन्वय गरिरहेको छ । यस्तै कोशी लोकमार्गअन्तर्गत गाँगुरीगढी—६स्थित नमस्ने झरना नजिक सडकमा रुख ढलेका छन्। प्रहरी र सेनाको पाँच—पाँच जनाको टोली खटिएर सडक खुलाउँदै छन्। राज

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 322 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । हाल कोशीसँगै मधेश, बागमती र कर्णाली प्रदेशलगायत केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका केही स्थान, मधेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको एक/दुई स्थ

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 320 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.