काठमाण्डौ । राजावादीले आज नक्साल नारायणचौरमा दिउँसो २ बजे भेला भएर प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दै गएको संयुक्त जनआन्दोलन समितिले दाबी गरेको छ ।
राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित राजधानीकेन्द्रित आन्दोलनलाई जारी राखेका छन् ।
राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन । जेठ १५ गतेदेखि राजावादीले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेका छन ।