काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टितेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धनको मूल्य भने घटाएको निगमले जनाएको छ ।
हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा २२ अमेरिकी डलरले घटाइएको छ ।