काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । हाल कोशीसँगै मधेश, बागमती र कर्णाली प्रदेशलगायत केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका केही स्थान, मधेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशीको एक/दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति कोशी र मधेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेशका एक/दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।