समाचार

    Showing 13,131-13,140 of 25,799 items.
  • ओम हस्पिटललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

    काठमाडौं— उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै चाबहिलस्थित ओम हस्पिटललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।यो फैसला अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासबाट सुनाइएको हो। फैसला अनुसार, लापरबाहीबाट भएको क्षतिको ८०% ओम हस्पिटलले र बाँकी २०% उपचारमा संलग्न चिकित्सकहरूले व्यहोर्नुपर्नेछ। चिकित्सकहरूलाई छुट्टै ६ लाख १० हजार रुपैयाँ तिर्न पनि आदेश दिइएको छ।यो मुद्दा बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले २०८० चैत २ गते दर्ता गरेका थिए। उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा भर्ना भएक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 431 पटक पढिएको
  • दुई निर्माण कम्पनी कालोसूचीमा, कुन कुन कम्पनी परे ?

     काठमाडौं— खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 335 पटक पढिएको
  • तीनकुने घटना: प्रसाईँ थुनामा, क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

    काठमाडौ— तीनकुने घटनासम्बन्धी थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, क्यान्सर पीडित प्रसाईँको अस्पतालमा उपचारको व्यवस्था गर्न समेत अदालतले निर्देशन दिएको छ।अदालतले यो आदेश बिहीबार मध्यराति न्यायाधीश ध्रुबराज कार्कीको इजलासबाट दिएको हो।प्रसाईँको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले अदालतको इतिहासमा पहिलो पटक थुनासँगै उपचारको व्यवस्था गर्न आदेश आएको बताएका छन्।थुनछेक बहसमा संलग्न ३९ जनामध्ये प्रसाईँसहित ७ जनालाई थुनामा पठाउने निर्णय भएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 314 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

    काठमाण्डौ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको हो । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 276 पटक पढिएको
  • मध्यरातमा आएको आदेशमा दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाइने

    काठमाडौं — चैत १५ गते तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न ठहर गर्दै काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सम्पन्न भएपछि मध्यरातमा उक्त आदेश जारी गरिएको हो। अदालतले बाँकी ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।प्रदर्शनका 'जनकमान्डर' भनेर चिनिएका प्रसाईँ सहित ३९ जना प्रतिवादीलाई थुनछेक बहसका लागि इजलास बाहिर राखिएको थियो। उनीहरू चैत १५ गते संयुक्त जनआन्दोलन समितिको प्रदर्शनका क्रममा भड्किएको हिंसामा संलग्न रहेको अभियोग छ। उक्त प्रदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 393 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 244 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।देशभर आंशिकदेखि साधरणतया बदली रहेको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 236 पटक पढिएको
  • एयर इन्डिया दुर्घटना: ६१ जना विदेशी नागरिक सवार

    गुजरात— भारतको गुजरातस्थित अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ६१ जना विदेशी नागरिक सवार रहेको पुष्टि भएको छ। भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार तीमध्ये बेलायतका ५३, पोर्चुगलका ७ र क्यानडाका एक नागरिक थिए।विमानमा १६९ जना भारतीय यात्रुहरू तथा १२ जना क्रु सदस्यहरू रहेको जनाइएको छ। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै दुर्घटनामा परेको हो। विमान बस्ती क्षेत्रमा रहेको डाक्टरहरू बस्ने एक होस्टेलमा खसेको जानकारी प्रहरीले दिएको छ। सो होस्टेलमा ५०–६० जना बस्दै आएको बताइएको छ।विमानमा गुजरातका पूर्व मुख्यमन्त्र

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 318 पटक पढिएको
  • एअर इण्डियाको २४२ यात्रु सवार विमान दुर्घटना

    काठमाडौं। भारतको गुजरात राज्यस्थित अहमदाबादमा बिहीबार दिउँसो एक गम्भीर विमान दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान टेकअफको केहीबेरमै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।विमानमा २४२ जना यात्रु सवार थिए, जसमा चालक दलका सदस्यहरू पनि रहेका छन्। प्रारम्भिक जानकारी अनुसार विमान सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको बाउन्ड्रीमा अवस्थित संरचनामा ठोक्किएर दुर्घटनामा परेको आशंका गरिएको छ।दुर्घटनापछि विमानस्थल क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको तस्बिरहरू सार्वजनिक भएका छन्। उद्धार कार्यका लागि सुरक्षाकर्मी र आपतकालीन टोली ख

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 148 पटक पढिएको
  • टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना भएको पुष्टि

    काठमाडौं— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छ।काठमाडौंको नर्भिक अस्पतालबाट रिफर भएर टेकु पुगेका एकजना भने भर्ना भएर उपचार गरिरहेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।अस्पताल स्रोतका अनुसार उनले ८ दिन नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यसपछि रिफर लिएर टेकु आइपुगेका हुन्।  इपिडिमियोलोजी तथा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.