काठमाण्डौ । लामो समयदेखि अवरुद्ध हुँदै आएको संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ । बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका हुन् ।

विपक्षी दलहरुको अवरोधको कारण प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको हो । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन् ।