काठमाडौं— खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।







































