समाचार

    Showing 12,651-12,660 of 19,838 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौससम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 201 पटक पढिएको
  • आक्रमणमा परी १० नेपालीको मृत्यु, १ जना सम्पर्क विहिन, ४ जना उपचार गराउँदै

    काठमाडौं  ।   हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ ।आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली संपर्कबिहिन भएको बताएको थियो ।इजरायलमा रहेका मध्य सुदुर पश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेक

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 115 पटक पढिएको
  • तुइनको डोरी चुडिँदा कर्णाली नदीमा बेपत्ता

    काठमाण्डौ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रम

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 151 पटक पढिएको
  • बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

    धनुषा । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।सञ्चालक राय दोस्रो तलामा बसिरहेको बेला मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भएका छन।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 237 पटक पढिएको
  • पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

    काठमाण्डौ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 132 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।त्यसपछि सभामुखले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमल

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 105 पटक पढिएको
  • भूकम्पमा परि एक सय जना भन्दा बडिको ज्यान गयो, कैयौँ घाइते

    काठमाडौँ । अफगानिस्तानमा  गएको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ ।  एक हजार जना भन्दा धेरै घाइते भएका छन् । हिजो हेरत प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । इरानसँग सीमा जोडिएको क्षेत्रमा भूकम्प गएको बीबीसीले जनाएको छ ।भूकम्पका कारण कयौँ घरहरु ध्वस्त भएका छन् । कयौँ नागरिक भग्नावशेषमा पुरिएको छन् । उनीहरूको  खोजी तथा उद्धारको काम भइरहेको छ । त्यहाँ शक्तिशाली तीन वटा भूकम्प गएको मापन गरिएको खबरमा उल्लेख छ । अफगानिस्तान पनि नेपाल जस्तै भूकम्पीय जोखिमयुक्त देश हो । 

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 95 पटक पढिएको
  • हमास र इजरायली हवाई आक्रमणमा सयौको मृत्यु

    काठमाडौं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताउनुभएको थियो ।गाजाबाट प्राप्त समाच

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 127 पटक पढिएको
  • वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो

    मधेस प्रदेश । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकामा १२ अर्

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 178 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 186 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा