समाचार

    Showing 12,641-12,650 of 25,797 items.
  • चीनले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो

    काठमाडौं — फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी समुद्रमा छोडिएको भन्दै लगाइएको प्रतिबन्ध दुई वर्षपछि चीनले हटाएको छ। चीनले अब जापानका अधिकांश क्षेत्रबाट सर्तसहित समुद्री खाना आयात सुरु गर्ने भएको हो।तर यो निर्णय जापानका सबै प्रान्तमा लागू हुने छैन। टोकियो र फुकुशिमासहित ४७ मध्ये १० प्रिफेक्चरबाट आयात अझै प्रतिबन्धित नै रहनेछ।चीनको सामान्य भन्सार प्रशासनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा फुकुशिमाबाट समुद्रमा छोडिएको पानीको दीर्घकालीन अनुगमनमा कुनै असमान्यता नदेखिएको उल्लेख छ।सन् २०११ मा आएको विनाशकारी सुनामीका कारण जापानको उत्तर–पूर्वी क्षेत्रस्थित फुकुशिमा आणविक प्लान्टका तीन रिएक्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 483 पटक पढिएको
  • इरानमाथि बम खसाउन ट्रम्पलाई फकाएका थिए सिनेटर ग्राहमले, अमेरिकालाई आक्रामक बनाउन पैरवी

    एजेन्सी -  इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा इरानमाथि अमेरिकी बम खसाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटर लिन्डसे ग्राहमले मनाएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।साउथ क्यारोलाइनाका रिपब्लिकन सिनेटर ग्राहम कट्टर युद्धपक्षधर सांसद हुन् ।ट्रम्पले इजरायल इरान द्वन्द्व रोक्नका लागि कस्तो कदम चाल्ने भनी सोचिरहेको बेलामा ग्राहमले नै इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्नका लागि बम आक्रमणको सल्लाह दिएका हुन् । इरानले आणविक कार्यक्रम पुनः सुरु गरेमा के गर्ने भनेर पनि ग्राहमले ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।यसअघि ट्रम्पसँग धेरैपटक झगडा गरिसकेका ग्राहमले फेरि ट्रम्पसँग नजिकिनका लाग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 370 पटक पढिएको
  • विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा पत्र पठाउँदै

    काठमाडौं  -  १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।भण्डारीनिकट स्रोतले भन्यो- धेरै नेता कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 328 पटक पढिएको
  • अपहरण र लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ

    विराटनगर : अपहरण र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का करिब २५ वर्षीय तासिब अन्सारी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।  एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। आफूलाई प्रहरी बताउने ३ जनाको समूहले विराटनगरमा एक जनालाई अपहरण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार लुटपाट गरेपछि उनलाई उक्त समूहले छाडेको थियो।   

    • प्रकाशित मितिः असार १६, २०८२
    • 405 पटक पढिएको
  • रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट लेखेको पत्रबारे टिप्पणी गरेका छन्।मिश्रका अनुसार लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याएका छन्, जसलाई केहीले राष्ट्रपति प्रणालीतर्फको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्। तथापि, लामिछानेले स्पष्ट रूपमा ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नभनी ‘कार्यकारी’ शब्द प्रयोग गरे

    • प्रकाशित मितिः असार १६, २०८२
    • 270 पटक पढिएको
  • स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार: वीर अस्पताल

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमश सुधार आइरहेको वीर अस्पतालले जानकारी दिएको छ।स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा शनिबार भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले सोमबार विज्ञप्ति निकालेको हो।अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न छन्।'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्र

    • प्रकाशित मितिः असार १६, २०८२
    • 349 पटक पढिएको
  • अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

    मुगु - अविरल वर्षापछि अबरुद्व कर्णली राजमार्गको गगनेखोलाको अबरुद्व सडक सन्चालनमा आएको  छ । गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सन्चालनमन सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 201 पटक पढिएको
  • न्यायालयप्रति जनविश्वास टुट्ने अवस्थामा छ : महेश बर्तौला

    काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास गम्भीर रूपमा कमजोर हुँदै गएको बताएका छन्।सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै बर्तौलाले न्यायिक प्रणालीप्रति जनविश्वास लगभग टुट्नै लाग्ने अवस्थामा पुगेको टिप्पणी गरे। उनले भने, "पछिल्लो चरणमा नागरिकको न्यायालयप्रतिको विश्वास कमजोर मात्रै होइन, करिब टुट्नै लागेको अवस्था छ। यसको जिम्मेवार विभिन्न कारणहरू छन्, तर न्यायाधीशहरूको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको छ।"बर्तौलाले न्यायाधीशहरूको आचरण, फैसला प्रक्रियाको पारदर्शिताको अभाव र न्याय सम्पादनमा देखिएको विचलनले न्यायाल

    • प्रकाशित मितिः असार १६, २०८२
    • 310 पटक पढिएको
  • सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ

    काठमाडौं - सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैया

    • प्रकाशित मितिः असार १६, २०८२
    • 380 पटक पढिएको
  • मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प

    काठमाडौं -  मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 323 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.