समाचार

    Showing 12,641-12,650 of 19,838 items.
  • खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

    सुनसरी    ।    सुनसरीको इटहरी उप-महानगरपालिका-१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । सोम्बार अपरान्ह ४ बजे इटहरी उप-महानगरपालिका-१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 156 पटक पढिएको
  • चार जना फरार प्रतिवादी पक्राउ

    बिरटनगर   ।  झापा र पाँचथरबाट सोमबार प्रहरीले ४ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत झापाको २०७९/११/१५ गतेको फैसला आदेशले लागुऔषध मुद्धामा २ महिना कैद र १२ हजार जरिवाना तोकिएका बिर्तामोड नगरपालिका-३ का २९ बर्षीय सोम बहादुर राईलाई पक्राउ गरेको हो । यसैगरी उच्च अदालत बिराटनगरको २०७८/११/२५ गतेको फैसला आदेशले बैकिङ कसुर मुद्धामा ६ लाख ४५ हजार ३ सय जरिवाना तोकिएका दमक-१ का खडानन्द भण्डारी र लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको मिति २०८०/०१/१४ गतेको फैसला आदेशले १ बर्ष ३ महिना १९ दिन क

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 133 पटक पढिएको
  • लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

    बिराटनगर    ।    झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ९ बजे झापाको दमक नगरपालिका- १ स्थित एक होटलको कोठा भाडामा लिई बसेका दमक नगरपालिका- ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक- ९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका- ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनग

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 139 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 164 पटक पढिएको
  • दुर्गा प्रसाईदेखि एमाले नेता महेस बस्नेत तर्सिए

    काठमाडौं    ।    मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडी व्यापारीको तस्वीर सोमबार सार्वजनिक गरेका छन।उनले पत्रकार सम्मेलनलाई सम्बोधन गरी बाहिर निस्किने क्रममा एमाले निटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो । राईसहितको टोलीलाई प्रहरीले अहिले खोजी भइरहेको जनाएको छ ।बस्नेतको उक्त स्ट्याटसमा करिब १ हजार ५ सय कमेन्ट सर्वसाधारणले गरेका छन् । जसमध्ये १४ सयभन्दा बढीले प्रसाईमाथि भएको ज्यादतीको विरोध

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 526 पटक पढिएको
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोको नेपाल भ्रमण स्थगित

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् ।इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् । उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 170 पटक पढिएको
  • लागुऔषध सहित २ जना पक्राउ

    मोरङ   ।    मोरङको बिराटनगर-१५ स्थितबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री सुनसरी धरानका ३३ बर्षीय चन्द्र कुमार मोक्तान र १९ बर्षीय मन्जिल सुनुवारलाई संका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट लुपिजेसिक, फेनारगन, डाईजेपाम, एभिल सहित ४० एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 159 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । साथै, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ।राती भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मु

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 161 पटक पढिएको
  • इजरायलमा समस्यामा परेकाले कहाँ सम्पर्क गर्ने ?

    काठमाडौं । सरकारले इजरायलमा विकसित पछिल्लो घटनाक्रममा कारण अलपत्र या समस्यामा परेका नेपालीहरूलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचनामा मार्फत समस्यामा परेकाहरूलाई मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ मा सम्पर्क गर्न भनेको छ।  यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० मा सम्पर्क गर्न सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ । साथै  तेल अविवस्थित नेपाली राजदूताव

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 179 पटक पढिएको
  • राजश्व अनुसन्धानले अनुज एन्ड सप्लायर्सको गोदाममा छापा

    भद्रपुर । चाडपर्व नजिकिएसँगै भन्सार छलेर लत्ताकपडालगायत विभिन्न सामाग्री भित्र्याउने क्रम बढेपछि राजश्व अनुसन्धान कार्यालयले व्यापारीको गोदाममा छापा मारेको छ । आइतबार राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुरमा रहेको संजीव घोषको गोदाममा छापा मारेको हो ।भद्रपुर बजारमा सनराइज बैंक भएको बिल्डिङमा रहेको अनुज एन्ड सप्लायर्सको गोदाममा छापा मारेर राजश्व अनुसन्धान कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको टोलीले आइतबार करिब तीन बजे उक्त गोदाममा छापा मारेको थियो ।  गोदामबाट खरिद बिक्री खाता, काटिएको भ्याट बिल लगायतको कागज पत्र नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 504 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा