समाचार

    Showing 12,571-12,580 of 25,794 items.
  • क्रिप्टो कारोबारमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ, १३ लाख स्रोत नखुलेको नगद बरामद

    काठमाडौं— क्रिप्टो कारोबार तथा ठगीमा संलग्न भएको आरोपमा ५२ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले जानकारी दिए । सो घर चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा भाडामा लिएका हुन् ।  ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।प्रहरीले काठमाडौंको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ । आरोपीहरूको सा

    • प्रकाशित मितिः असार १९, २०८२
    • 504 पटक पढिएको
  • ट्रम्पद्वारा फेड प्रमुख पावेलको राजीनामा माग

    वासिङ्टन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा माग गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, "धेरै ढिला भइसक्यो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!"ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पावेललाई फेडको अध्यक्ष पदमा मनोनीत गरेका थिए। तर, ब्याजदर नघटाएको भन्दै उनले पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने विषय प्रस्ट छैन।यसअघि वर्षको सुरुमा ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए, तर पछिल्लो अभिव्यक्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 382 पटक पढिएको
  • कमल थापा भन्छन्: "मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था आवश्यक छ"

    काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक गम्भीर रूपमा भ्रष्टाचारमा फसेको भन्दै राजसंस्था पुनःस्थापनाको आवश्यकता औंल्याएका छन्।बुधवार राजधानीमा पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार भयावह रूपमा बढेको आरोप लगाए। उनले भने, "मुलुक अहिले अभिभावकविहीन अवस्थामा छ, जसका कारण विदेशी हस्तक्षेप र चलखेल तीव्र बनेका छन्।"थापाले धर्मनिरपेक्षताको नाममा व्यापक धर्म परिवर्तन भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। “राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न राजसंस्था आजको आवश्यकता हो,” उनले जोड दिए।उनले देश

    • प्रकाशित मितिः असार १९, २०८२
    • 430 पटक पढिएको
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

    काठमाण्डौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।यदि वैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको शेयर बिक्री नभएमा सर्वसाधारणहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने अन्तिम मिति साउन ९ गते निर्धारण गरिएको छ ।  कुल २ लाख ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 375 पटक पढिएको
  • जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

    बारा – बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन । उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको

    • प्रकाशित मितिः असार १९, २०८२
    • 399 पटक पढिएको
  • बागमती प्रदेशसभा बैठक, बजेटबारे छलफल हुने

    काठमाडौं—  बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकको भनाइ छ । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 450 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, आजै बयान लिने तयारी

    काठमाडौं— चर्चित पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा आज बिहान उपस्थित भएका छन्। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठक बिहान ९ बजे अदालत पुगेका हुन्।पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्यूरोमार्फत् मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालयले उजुरीको आधारमा उनीमाथि “विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन” गरेको अभियोग लगाएको हो।आजै अदालतमा पाठकको बयान लिने र त्यसपछि थुनछेक बहस सुरू गर्ने तयारी गरिएको छ।साइबर ब्यूरोमा परेको उजुरीअनुसार, पाठकले आफ्नो युट्युब च्यानलबाट प्रसारण गरेको एक भिडियोमा नेपाली कांग्रेस सभा

    • प्रकाशित मितिः असार १९, २०८२
    • 652 पटक पढिएको
  • हात्तीको आक्रमणबाट मृत्यु

    भद्रपुर (झापा), १९ असारः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको  घटनास्थलमा  नै मृत्यु भएको हो । 

    • प्रकाशित मितिः असार १९, २०८२
    • 270 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१

    • प्रकाशित मितिः असार १९, २०८२
    • 276 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको

    • प्रकाशित मितिः असार १९, २०८२
    • 314 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.