काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।काठमाडौंबाट सुर्खेत जाँदै गरेका बास्तोलाले चलाएको जीपले बिहीबार राति दाङको राप्ती गाउँपालिकामा विपरीत दिशाबाट आइरहेको रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिकाका २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।दाङ जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको थियो । जीपको ठक्करबाट घाइते भएका चौधरीलाई उपचारका लागि लगिएको
काठमाडौं । औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुला गर्ने निर्णय गरेको हो ।औद्योगिक क्षेत्रमा कच्चापदार्थको रुपमा खपत हुने सुपारी, केराउ र मरिचको आयात खुला गरिएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।उनका अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पूरा गरी चालू आर्थिक वर्षका लागि औद्योगिक प्रय
काठमाण्डौ । हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् । अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन्। बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ।निर्वाचनको मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दशैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । शीतल निवासमा दिउँसो २ देखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रिपति कार्यालयले भनेका विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।यसैगरी राष्ट्रपति
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
काठमाण्डौ । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै, ३१४ जना घाइते भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरू
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
बिर्तामोड । भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी भद्रपुर नगरपालिका-१ निवासी ५१ वर्षीय योगप्रसाद लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन। बुधबार बेलुका ७ बजेको समयमा मेची राजमार्ग अन्तरगत भद्रपुर- ८ स्थित नमुना टोल नजिकै चन्द्रगढीबाट भद्रपुरतर्फ आउँदै गरेको मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते चालक लिम्बुलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चावलिह स्थित शान्ति गोरेटोमा राम प्रसाद केसीको घरबाट कोही नभएको अवस्थामा चोरले धनमाल चोरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । राम प्रसादको घरबाट सुनका विभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामान चोरी भएको छ । चोरीमा संलग्नहरु फरार छन् । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.