समाचार

    Showing 12,551-12,560 of 23,643 items.
  • सुन्दर भवनभित्र अभाव झेल्दै विद्यामन्दिर

    बलेवा (बागलुङ) । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै ।बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगर

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 442 पटक पढिएको
  • मुस्ताङमा हिमपात हुँदा किसान खुसी

    मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरू केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाल

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 228 पटक पढिएको
  • विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरू

    लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् । समारोहमा नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरीया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षुभिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 343 पटक पढिएको
  • बुढेसकालको नागरिकताले दिलायो खुसी

    झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । ‘नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन’, हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, ‘बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।’नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पाल

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 328 पटक पढिएको
  • पत्रकारको पास निलम्बनबारे महासंघको ध्यानाकर्षण

    काठमाडौं— प्रश्न सोधेकै आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।२०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्द

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 314 पटक पढिएको
  • घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैनः मन्त्री खड्का

    दमौली (तनहुँ) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 223 पटक पढिएको
  • पुरोहितलाई नियमन गरिँदै

    काठमाडौँ । पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ ।  प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए। ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।प्रशिक्षण लिन चाहनेमध्ये महिला र

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 291 पटक पढिएको
  • ‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

    झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी  हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज विहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरे

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 213 पटक पढिएको
  • अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी जिम्मामा

    काठमाडौँ । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञर

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 208 पटक पढिएको
  • सुनचाँदीको मूल्य वृद्धि

    काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 348 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.