समाचार

    Showing 12,511-12,520 of 25,793 items.
  • झाँक्रीबारे एकीकृत समाजवादीको बैठकमा छलफल गरिँदै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका विषयमा छलफल गरिने जनाइएको छ ।झाँक्रीले अध्यक्ष नेपालमाथि निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै नेताहरूले कारबाहीको माग गरेका छन् । उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • 613 पटक पढिएको
  • २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    भक्तपुर— भक्तपुरमा २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ घर भई हाल काठमाडौं नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङ रहेका छन्।घिसिङले चाँगुनारायण नगरपालिका–७ बागेश्वरीमा असार ४ गते ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। यसै उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • 551 पटक पढिएको
  • ‘भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने परिपाटी बन्द होस्’ – सांसद सिंह

    काठमाडौं  – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी नगर्न चेतावनी दिएका छन्। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर उपयोगहीन परियोजनामा लगानी गर्नु उचित नहुने बताए।सांसद सिंहले भने, “जहाँ आम्दानी हुने सम्भावना छैन, त्यहाँ विदेशी ऋण प्रयोग गर्नु बुद्धिमानी होइन। ऋण लगानीको स्रोत हो, तर अहिले भ्रष्टाचारको साधनझैं प्रयोग भइरहेको छ।”उनले भौतिक पूर्वाधार जनसंख्याको घनत्वअनुसार निर्माण गरिनुपर्नेमा जोड दिए। "जहाँ जनसंख्या बढी छ, त्यहीँ पूर्वाधार बनाउँदा प्रयोग पनि बढी हुन्छ", उनले स्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 343 पटक पढिएको
  • न्यु जर्सीमा ट्रम्पको गल्फ कोर्समाथि अनधिकृत विमान प्रवेश

    एजेन्सी  – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यु जर्सीस्थित बेडमिन्स्टर गल्फ कोर्समाथिको आकाशमा आइतबार एक गैरसैन्य (नागरिक) विमान अनधिकृत रूपमा प्रवेश गरेपछि अमेरिकी वायु सुरक्षा निकायले एफ–१६ लडाकू विमान परिचालन गरेको छ।उक्त लडाकू विमान उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्ड (NORAD) ले पठाएको हो। एफ–१६ ले विशेष ‘हेडबट मानेउभर’ नामक रणनीति प्रयोग गरेर नागरिक विमानका चालकको ध्यान खिचेको र त्यसपछि विमानलाई सुरक्षित रूपमा प्रतिबन्धित हवाई क्षेत्रबाहिर लैजिएको जनाइएको छ।राष्ट्रपति ट्रम्प अहिले न्यु जर्सीमा सप्ताहान्त बिताइरहेका छन्। त्यस क्षेत्रमा सुरक्षा कारण अस्थायी उडान निषेध (TF

    • प्रकाशित मितिः असार २२, २०८२
    • 300 पटक पढिएको
  • धर्ती र जीवन दुवैमा शान्ति छाओस् : केपी शर्मा ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धर्ती  र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो । “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।  आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 487 पटक पढिएको
  • श्रीमतीलाई आफूसँग पठाउन नमानेको भन्दै ससुरालीमा सामूहिक हत्या

    भोजपुर— भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।प्रहरीका अनुसार ३० वर्षीय राजेन्द्र राईले गए राति आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।हत्या पश्चात राजेन्द्र राईले आफैंले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। उनको पेटमा गहिरो चोट लागेको र उपचारपछि उनलाई थप उपचारका लागि बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ।राजेन्द्र करीब एक हप्तादेखि ससुरालीमै बस्दै आएका थिए।  घरायसी विवादका कारण घटना भएको हुनसक्ने वडासदस्य जीव

    • प्रकाशित मितिः असार २२, २०८२
    • 473 पटक पढिएको
  • बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

    जनकपुर – नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् ।आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए । सो कुराको नेता महासेठले खण

    • प्रकाशित मितिः असार २२, २०८२
    • 310 पटक पढिएको
  • बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी : सभामुख

    काठमाडौं – सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । उनले भने,‘ ऐन वा कानुनको पूर्ण पालनगरी बेरुजु नबनाउनेगरी काम गर्नेतर्फ जोड दिन जरुरी छ । र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ । वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनिकरणका उपायहरुबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ ।’ उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आध

    • प्रकाशित मितिः असार २२, २०८२
    • 237 पटक पढिएको
  • उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत

    काठमाण्डौ – एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ । निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो. । नेपालको तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् भने उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 366 पटक पढिएको
  • ‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरुलाई प्रयोग गर्छ । सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 303 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.