एजेन्शी । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना
काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ।मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।”दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पह
काठमाडौं । सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका डिल्लीराम खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।रायका अनुसार, उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ । खनालले सेनाको विषयमा क
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजे बोलाइएको छ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठक बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए । गुटेरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरूलाई उपस्थित भइसक्न भनिएको छ । साथै औपचारिक पोशाकमा आउन समेत सवै सांसदलाई भनिएको छ । महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्क
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदली देखि मौसम समान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
काठमाडौँ । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुई वटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
काठमाडौं । सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै न्युनतम हो । नेपालमा ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै अति साधारण इन्टरनेट जोड्न पाइन्छ ।नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ । १५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिँदापनि आफूलाई फाइदा भइरहेको सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीले बताएका छन् ।उनले भने, म स्वयम्लाई इन्टरनेटको वास्तव
काठमाडौँ । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्र
चपुर । सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।सनिबार ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो । बरामद गरिएका ग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.