समाचार

    Showing 12,501-12,510 of 25,792 items.
  • सरकारलाई नाउपाको समर्थन फिर्ता, ओलीलाई ३० दिनभित्र विश्वासको मत अनिवार्य

    काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै यसको लिखित जानकारी आइतबार सभामुख देवराज घिमिरेलाई बुझाएको छ।नाउपा अध्यक्ष तथा प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले सभामुखसँग भेट गर्दै समर्थन फिर्ताको सूचना दिएकी हुन्। उनले भनिन्, “हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं। अब प्रतिपक्षी बेन्चमा बस्छौं।”श्रेष्ठका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै अपराह्न ४ बजे भेटवार्ता हुने तालिका छ। ओली हाल हुम्ला भ्रमणमा रहेकाले काठमाडौं फर्किएपछि संवाद हुने बताइएको छ।नाउपाले यसअघि संसदीय दलको बैठक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 360 पटक पढिएको
  • ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

    इटहरी – भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ । पारिवारिक झगडाले हिंसाको रुप लिँदा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, मञ्जुका छोरी (राजेन्द्र राईकी श्रीमती) र सालोले ज्यान गुमाएका छन् । घटनामा राजेन्द्र राईले नै आफूले नै चारै जनालाई चक्कु प्रहार गरी मारेको प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरकाका अनुसार राजेन्द्र आफैंले फोन गरेर प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनाबारे जानकारी पाएको होे । त्यसपछि परिचालित भएको प्रहरीको टोली

    • प्रकाशित मितिः असार २२, २०८२
    • 290 पटक पढिएको
  • खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

    काठमाडौँ  – मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको ह

    • प्रकाशित मितिः असार २२, २०८२
    • 432 पटक पढिएको
  • “तँ भ्रष्टाचारी हो भनेर तोक्न मिल्दैन” — प्रमुख प्रशासकीय अधिकृतको बालेनलाई जवाफ

    काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरसम्बन्धी नक्सा पासको विषयमा आफूलाई दोषी ठहर्याउने प्रयास कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारेका छन्।केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला दिनहरूमा आफूलाई नक्सा पाससँग जोडेर गरिएको आलोचना र चरित्र हत्या प्रयासप्रति आक्रोश व्यक्त गरे। गुरागाईंका अनुसार उनले कुनै नयाँ निर्णय गरेका छैनन्, बरु अघिल्लो प्रशासनले अघि सारेका प्रक्रिया अनुसार मात्र फाइल अनुमोदन (इन्डोर्स) गरेका हुन्।"मैले पहिलाका निर्णयलाई मात्रै निरन्तरता दिएको हुँ। नक्सा स्वीकृत गर्ने बेलामा पनि मैले त्यो कुरा स्पष्ट उल्लेख गरेक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 349 पटक पढिएको
  • पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

    काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०÷८१ कोे पूँजीगत खर्च भन्दा ०८१÷०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए । ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी  दिए । पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केहि व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने,‘ असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ । यो पास भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको

    • प्रकाशित मितिः असार २२, २०८२
    • 330 पटक पढिएको
  • डा. चन्द्र भण्डारीको कटाक्ष: "देउवाले हँसिया धेरै बनाए, घाँस भने काट्न सकेनन्"

     काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले "हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको" प्रतीकात्मक उदाहरण दिँदै नेताहरूलाई जिम्मेवारी त बाँडे तर परिणाम आउन नसकेको बताए।भण्डारीले देउवाले प्रधानमन्त्री भएपछिका काम, निर्णय र रणनीतिबारे पर्याप्त तयारीको खाँचो औंल्याए। साथै, पार्टीको प्रशिक्षण प्रणाली सुधार आवश्यक रहेको भन्दै विषयवस्तु र प्रशिक्षक दुवै परिवर्तन गर्नुपर्ने सुझाव दिए।पार्टीको भातृ संगठनमा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 312 पटक पढिएको
  • एनपी साउदको गुनासो : 'अनुशासनको नाममा कांग्रेसभित्र एकपक्षीय कारबाही'

    काठमाडौं  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले पार्टीभित्र अनुशासनको नाममा एकपक्षीय कारबाही भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै साउदले पार्टीभित्र गुटबन्दी, असमान व्यवहार र अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागु नभएको बताए।"अनुशासनको नाममा एकतर्फी कारबाही भइरहेको छ," साउदले भने, "यसले पार्टीभित्र निराशा मात्रै बढाउँदैछ।"साउदले संविधान संशोधन प्रक्रियामा ढिलाइ भएको विषयमा पनि टिप्पणी गरे। उनले दुईतिहाइ बहुमतको सरकार गठनपश्चात् तत्कालै संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्ने भए पनि केपी शर्मा ओली नेतृत्वको स

    • प्रकाशित मितिः असार २२, २०८२
    • 315 पटक पढिएको
  • कृषिमा लगानी गर्न विशिष्टकृत संस्था आवश्यक : पूर्वमन्त्री खतिवडा

    काठमाडौं – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना हुनुपर्नेमा जोड दिएका हुन् ।‘यदि कृषिमा लगानी गर्ने हो भने विशिष्टकृत संस्था चाहिन्छ,’उनले भने, ‘यसको उत्पादन चक्र अलग छ, जोखिम व्यवस्थापन फरक छ, प्राविधिक पक्ष पनि अन्य क्षेत्रभन्दा भिन्न हुन्छ ।’खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्ले

    • प्रकाशित मितिः असार २२, २०८२
    • 339 पटक पढिएको
  • भारतबाट उद्धार गरिएका सात जना बालक अभिभावकको जिम्मामा

    जनकपुर— जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले भारतबाट सात जना बालकको उद्धार गरिएको छ । उद्धार गरी ल्याएका बालकहरुलाई परिवारको जिम्मा लगाइएको छ ।बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।तीन महिनाअघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 593 पटक पढिएको
  • झाँक्रीबारे एकीकृत समाजवादीको बैठकमा छलफल गरिँदै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका विषयमा छलफल गरिने जनाइएको छ ।झाँक्रीले अध्यक्ष नेपालमाथि निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै नेताहरूले कारबाहीको माग गरेका छन् । उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • 613 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.