समाचार

    Showing 12,501-12,510 of 19,838 items.
  • आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

    काठमाडौं   ।    बिहीबार (कात्तिक १६) देखि सरकारी कार्यालयहरूको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम कायम हुने सरकारी नियम छ ।  आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 82 पटक पढिएको
  • सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

    काठमाडौँ । सरकारले भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । तिहार लक्षित सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 101 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • 62 पटक पढिएको
  • अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु

    झापा  ।  ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मङलबार बिहान ९ बजे छिमेकिको बारिमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु र  निजको ज्वाई ३० बर्षिय सन्तोष लिम्बुलाई उपचारकोलागी जिल्ला अस्पताल ईलाम ल्याइएको र थप उपचारको लागी बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा मङलबार राती पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 122 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सडक संघर्ष गर्ने

    काठमाण्डौ    ।    आफै सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले सडक संघर्षको घोषणा गरेको छ । माओवादी केन्द्रले परिवर्तन उल्ट्याउने प्रयास हुन थालेको भन्दै सडक संघर्षको कार्यक्रम घोषणा गरेको हो । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कसकाविरुद्ध सडक संघर्ष गर्ने भन्ने विषय भने प्रष्ट पार्न सकेको छैन् । मंसिर २२ देखि माओवादीले काठमाडौंमा संघर्षका कार्यक्रमको घोषणा गर्दै जनतालाई सूसुचित पार्ने दाबी गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध गर्न भन्दै यस्तो कार्यक्रम घोषना भएको छ ।माओवादी अध्यक्ष प्रचण्डले प्रध

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 382 पटक पढिएको
  • गाडीको ब्रेक फेल हुदा दुर्घटना, २ जनाको मृत्यु

    काठमाण्डौ   ।    गाडीको ब्रेक फेल भएर दुर्घटना हुँदा काभ्रेको पनौतीमा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पनौती–२ सिलाभंज्याङमामा निसान गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।मृत्यु हुनेमा गाडी चालक काभ्रे पनौती–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य, बेथानचोक–२ बस्ने ५० वर्षीय शिव विक्रम केसी रहेको प्रहरिले बताएको छ ।कुशादेवीबाट नयाँ गाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनका अनुसार दुवै जनाको उपचारको क्रममा सिरमेमोरीयल अस्पतालमा मृत्यु भएको ह

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 261 पटक पढिएको
  • महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँदै

    काठमाडौँ   ।  नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।नेपाल बसाइका क्रममा महासचिव गुटे

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 219 पटक पढिएको
  • महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

    काठमाण्डौ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी र नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध कुटपिट आरोपमा प्रहरीमा उजुरी परेको छ।नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले दरबारमार्गस्थित प्रहरी वृत्तमा उजुरी दिएका हुन्। मंगलबार एनआरएनएको बालुवाटारस्थित कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भनी प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको उनको दाबी छ । एनआरएनए कार्यालयमा पुगेका समानान्तर कमिटीका अध्यक्ष आरके शर्मा र पत्रकार शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार तथा कुटपिट गरेका थिए। कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ।एनआरएनएको महाधिवेशनमा धाँधल

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 286 पटक पढिएको
  • भन्सार छलीका सामाग्री भएको गोदाममा प्रहरीको छापा

    चपुर  ।  धनुषाबाट सशस्त्र प्रहरीले करिब १७ लाख मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ। आइतबार मिथिला नगरपालिका-१० बडहरीस्थित एक गोदामबाट प्रहरीले उक्त परिमाणको अवैध सामाग्री बरामद गरेको हो।बरामद गरिएका सामाग्रीको बजार मूल्य करिब १७ लाख बराबर हुन आउने धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। उनका अनुसार बेवारिसे अवस्थामा फेला परेको सो सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन।भन्सार छलीको समानबारे विशेष सूचना पाएपछि उक्त गोदाममा छापामारी गरेका थियौँ। यी सामाग्री कसको हो भन्नेबारे खुली सकेको छैन। जुन घरको गोदाममा ती सामाग्री राखिएको थियो त्यहाँ कोही पनि नभएको र

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 277 पटक पढिएको
  • सिरहाको तस्करी रोकिएन

    काठमाडौं । सिरहास्थित सशस्त्र प्रहरीका एसपी प्रमोद भारतीलाई तस्करी गराएको आरोपमा मुख्यालय तानिए पनि त्यहाँको तस्करी रोकिएको छैन । भर्खर गएका अर्का एसपी शिवप्रसाद गैरेले पनि भारतीकै जस्तो धन्दा शुरु गरेका छन् । जसको ज्वलन्त उदाहरण केही दिनअघि बिओपी ठाडीको एरियामा देखिएको थियो । ठाडी बिओपीका एक हबल्दारले सामान पास गराएबापत पैसा लिएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।एसपीको मिलेमतो नभइ यो कार्य सम्भव नहुने श्रोतको दाबी छ । फिल्ड अनुभव नभएका गैरेले सिरहामा राम्रो काम गर्न नसकेको सुनिन थालेको छ । जसका कारण अहिले पनि सिरहाबाट हुने तस्करी रोकिएको छैन ।यता, माडर भन्सारबाट तस्करी गराएका डिएसपी पवन

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 200 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा