राजनीति

    Showing 6,931-6,940 of 7,641 items.
  • जसपाको बैठक बालकुमारीमा बस्दै

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएकामे छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । कार्यकारिणी सदस्य रामनरेश राय यादवका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुनेछ ।संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 82 पटक पढिएको
  • यादव पक्षले पायो जसपाको आधिकारिकता

    काठमाडौं  / निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।जसपा नेपालको कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य देखिएका छन् ।निर्वाचन आयोगले सोमबार सनाखतका लागि जसपा नेपालका कार्यकारिणी सदस्यहरुलाई आयोगमा बोलाएको थियो । सोही अनुसार आयोगमा उपस्थित भएका ५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ जनाले समर्थन जनाएको आयोग स्रोतले जानकारी दिएको छ ।य

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 220 पटक पढिएको
  • बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग

    सिन्धुपाल्चोक / सिन्धुपाल्चोकका बाढी प्रभावित तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए ।दुई पालिका हेलम्बु र मेलम्चीलाई रु २३ लाख २९ हजार ९९९ का दरले र पाँचपोखरी थाङपाललाई रु २०

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 79 पटक पढिएको
  • सभामुख सापकोटा र अर्थमन्त्री शर्मा छलफल

    काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको थियो । भेटमा उहाँहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लामा सरकारको प्राथमिकताबारे पनि छलफल भएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेली

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 89 पटक पढिएको
  • म कुनै पनि पक्ष लिन्न : रेशम चौधरी

    काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न नैतिकताले नदिएको बताएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले एउटा पक्षमा हस्ताक्षर गर्न आफ्नो नैतिकताले नदिएको बताएका हुन् ।जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गरे ।‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा ह

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 140 पटक पढिएको
  • सरकारले संयमित भएर काम गर्नुपर्छ : डा महत

    गुल्मी / नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षित रुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् ।उनले नेपाली काँग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राखेका छन् ।  नेपाली काँग्रेस गुल्मीले आज बिपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताएका छन् । स

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 89 पटक पढिएको
  • निर्वाचन आयोगमा रेशम चौधरीको उपस्थिती

    काठमाडौं / जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोगमा उपस्थित भएका छन् ।  डिल्लीबजार कारागारमा रहेका चौधरी जसपाको आधिकारिकता विवाद हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका हुन् । निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोग आएका हुन् । सम्भवत आजै आयोगले आधिकारिकताबारे निर्णय सुनाउनेछ।

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 369 पटक पढिएको
  • जसपाको विवाद निर्वाचन आयोगमा, यादवको पक्षमा बहुमत

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरू आउने क्रम जारी रहेको बताए । उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इतर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो । सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 109 पटक पढिएको
  • कोरोनाको तेस्रो भेरियन्ट रोकथामको तयारीमा प्रदेश सरकार

    कर्णाली / कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बूढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बूढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताएका हुन् । “नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 99 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं / आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा  बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 127 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा