राजनीति

    Showing 6,851-6,860 of 10,368 items.
  • जसपाले गर्‍याे मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा सिफारिस

    काठमाडाैं - जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् ।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 174 पटक पढिएको
  • उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाद्वारा बैठक आह्वान

    झापा-उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने एक नेताले बताए । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो । 

    • प्रकाशित मितिः चैत २, २०७९
    • 203 पटक पढिएको
  • कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

    झापा -  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन्। संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्। कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन्। राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १९२० बाट निर्वाचित भएका थिए। कोशी प्रदेशमा कांग्रेसका २९ सांसद छन्।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 238 पटक पढिएको
  • झापाका तीन क्याम्पसमा स्ववियु निर्वाचन अन्योल

    झापा - चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन झापाका तीन वटा क्याम्पसमा अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिता विपरीत जबरजस्ती भर्ना कार्यक्र

    • प्रकाशित मितिः चैत १, २०७९
    • 225 पटक पढिएको
  • उपराष्ट्रपतिमा रामसहायलाई मत दिने कांग्रेसको निर्णय

    काठमाडौं- नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी

    • प्रकाशित मितिः चैत १, २०७९
    • 127 पटक पढिएको
  • नेपालको पूर्वाधारमा चीनको लगानी खोजिएको प्रधानमन्त्रीको भनाई

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् । मंगलबार बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्‍याए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए ।नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उनले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उनले बताए । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 211 पटक पढिएको
  • रवि लामिछानेले भने : आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा छैन

    झापा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए। उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। 'सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,'अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,'उनले भने।रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेक

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 202 पटक पढिएको
  • बालेन आज लण्डन जाँदै, निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई

    काठमाडौ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ । बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 135 पटक पढिएको
  • स्ववियु निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै

    काठमाडौं - आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत साेमबार उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुने भएकाे छ ।साेमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेकाे छ । यसअघि आइतबार उम्मेदवारको नामावली उपर दावी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो ।गत शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 193 पटक पढिएको
  • नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने

    झापा  :  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भए

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.