राजनीति

    Showing 6,511-6,520 of 10,354 items.
  • संसद्मा सांसदको अनौठो प्रस्ताव : जाँड खाएर सदन पसे निलम्बन गर्नुपर्ने

    काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादक पदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्नुपर्ने बताएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो धारणा सार्वजनिक गरेका हुन्।बस्नेतले संसद्‌को अनुशासनको कुरा गरेर आफैं अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिना निलम्बन गरिनुपर्ने बताएका हुन् ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • 599 पटक पढिएको
  • मुख्यसचिव अर्यालमाथि किन लाग्दैछ मुद्दा?

    काठमाडौँ-  अन्तःशुल्क स्टिकर छपाइमा कमिसन लिएको आरोप लागेका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा लाग्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो निर्णय गर्दै मुख्यसचिवलाई विपक्षी बनाएर मुद्दा लगाउने भएको हो। अख्तियार स्रोतका अनुसार अख्तियारको टोली अहिले विशेष अदालत पुगिसकेको छ।आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो।त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ । यसबाट मु

    • प्रकाशित मितिः असार ९, २०८१
    • 488 पटक पढिएको
  • प्रधानमन्त्रीलाई गगनले घुमाउरो शैलीमा भने : मन्त्रीले टर्दैनन् भने 'राजीनामा दिनू'

    काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यदि मन्त्रीहरूले टेर्न छाडेका भए प्रधानमन्त्री आफैले राजीनामा गर्नुपर्ने बताएका छन्। उनले घुमाउरो तरिकाले प्रधानमन्त्रीसँग मन्त्रीले नटेरेको भए तत्काल बालुवाटार र सिंहदरबार छोड्न आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले आफूलाई मन्त्रीले नटेरेको अभिव्यक्ति दिएका थिए। आज आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन्।‘समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ। प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भ

    • प्रकाशित मितिः असार ९, २०८१
    • 569 पटक पढिएको
  • संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन

    काठमाडौं- संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आज प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् ।बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गिरी सहभागी थिए । मुख्यसच

    • प्रकाशित मितिः असार ९, २०८१
    • 414 पटक पढिएको
  • देशभरबाट चुनिए एकीकृत समाजवादीका प्रतिनिधि, महाधिवेशनमा १ हजार ८०० जनाले मतदान गर्न पाउने

    काठमाडौं-  नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ । आउँदो महाधिवेशनमा मतदान गर्ने प्रतिनिधि एक हजार ८ सय जना छनोट भएका हुन्।यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वा

    • प्रकाशित मितिः असार ८, २०८१
    • 265 पटक पढिएको
  • प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चाँडै राष्ट्रिय महाधिवेशन तोक्ने बताएका छन्।तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्ने बताए। प्रचण्डले आफूलाई सत्ताबाट हटाउन सहज नभएको बताएका छन्। उनले आफूसँग लक्की नम्बर भएकाले हटाउन सजिला प्रयत्नले हुँदैन। 

    • प्रकाशित मितिः असार ८, २०८१
    • 507 पटक पढिएको
  • ब्राजिलबाट फर्किए मेयर बालेन, विदेश रहँदा के के गरे ?

    काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्‍त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका शहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल

    • प्रकाशित मितिः असार ८, २०८१
    • 720 पटक पढिएको
  • परराष्ट्रमन्त्री इरान जाँदै, के छ कार्यतालिका ?

    काठमाडौं ।  परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को-अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन शनिबार इरान जाँदैछन्। इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन्। एस

    • प्रकाशित मितिः असार ७, २०८१
    • 235 पटक पढिएको
  • निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

    काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा भएको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।गत आइतबार संवैधानिक परिषद्ले निर्वाचन पर्यवेक्षण विज्ञ प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरुप संसदीय सुनुवाइका लागि सङ्घी

    • प्रकाशित मितिः असार ७, २०८१
    • 296 पटक पढिएको
  • भारतको लोकसभा निर्वाचनमा मोदीको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान

    काठमाण्डौ  । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन्। एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन्। ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ।२०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो। यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन्।न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरे

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 316 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.