काठमाडौं- संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आज प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् ।

OM Sai Pathibhara Hospital

IMG-20240326-WA0001 5

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गिरी सहभागी थिए । मुख्यसचिव डा. वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको पनि उपस्थिति रहेको थियो ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक र अनौपचारिक छलफल गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।