काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यदि मन्त्रीहरूले टेर्न छाडेका भए 

प्रधानमन्त्री आफैले राजीनामा गर्नुपर्ने बताएका छन्। उनले घुमाउरो तरिकाले प्रधानमन्त्रीसँग मन्त्रीले नटेरेको भए तत्काल बालुवाटार र सिंहदरबार छोड्न आग्रह गरेका हुन्। 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री दाहालले आफूलाई मन्त्रीले नटेरेको अभिव्यक्ति दिएका थिए। आज आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिप्पणी गरेका हुन्।

‘समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ। प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भन्नुभएछ,’ थापाले भने, ‘कति पटक भन्ने यो संसदीय व्यवस्था हो, नटेर्ने भए मन्त्री फेर्ने अनि मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघ सरकारको संवैधानिक दायित्व भएको बताए।

तर, संघीय सरकारले स्थानीय सरकारलाई वकस दिने जस्तो ढंगबाट व्यवहार गेरेको उनको भनाइ छ। ‘तर, यो तजबिजी अधिकार हो। यसपालि पनि यस्तै भयो, सरकारले सात प्रतिशत जति अनुदान घटाउने अरे भन्ने सुनियो स्रोत छैन भन्ने कुरा आयो,’ उनले थपे, ‘वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने १ स्रोत छैन भनेर अनुदान कटौती गर्ने रु यो अस्वीकार्य र असंवैधानिक छ।’