काठमाडौँ-  अन्तःशुल्क स्टिकर छपाइमा कमिसन लिएको आरोप लागेका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा लाग्ने भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो निर्णय गर्दै मुख्यसचिवलाई विपक्षी बनाएर मुद्दा लगाउने भएको हो। अख्तियार स्रोतका अनुसार अख्तियारको टोली अहिले विशेष अदालत पुगिसकेको छ।

OM Sai Pathibhara Hospital

आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो।

त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ । यसबाट मुख्यसचिवले २१ करोड बढी रकम कमिसन लिएको आरोप अख्तियारको छ। यसबारेमा अख्तियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएको छ। मुख्यसचिव भने मुद्दा दायर भएपछि राजीनामा दिने तयारीमा रहेको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ।