राजनीति

    Showing 5,641-5,650 of 9,624 items.
  • सञ्चारमन्त्रीलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।एमाले उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङलाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्रालयमा भेटवार्ता गरी सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको सूचीसहित ३० बुँदे सुझाव बुझाएको हो। टोलीले बुझाएको सुझाव संचार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव रहेको छ ।एमाले प्रचार विभागले बुझाएको सुझावमा राष्ट्रिय सभाको विधायन समितिमा रहेको मिडिया काउन्सिल विधेयक परिमा

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 298 पटक पढिएको
  • लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

    काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द उपचारका लागि अस्पताल भर्ना भएका छन्। स्वास्थ्य समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो।पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधवार भर्ना गरिएको हो। 

    • प्रकाशित मितिः साउन २, २०८१
    • 245 पटक पढिएको
  • ओलीले साउन ६ मा विश्वासको मत लिने

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन्।  गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए । ‘प्रधानमन्त्रीज्यूले साउन ६ गते आइतबार विश्वासको मत लिने निर्णय भएको छ’, ओली निकट स्रोतले भन्यो, ‘त्यसका लागि प्रधानमन्त्रीका तर्फबाट संसद्का महासचिवलाई औपचारिक पत्र पठाइँदैछ ।’पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए ।

    • प्रकाशित मितिः साउन २, २०८१
    • 229 पटक पढिएको
  • रमेश वडाल महान्यायाधिवक्तामा नियुक्त

    काठमाडौँ-  वरिष्ठ अधिवक्ता रमेश वडाल  फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन्। उनी यसअघि पनि मान्यायायधिवक्ता रहेका थिए। 

    • प्रकाशित मितिः साउन २, २०८१
    • 285 पटक पढिएको
  • सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

    काठमाडौँ- सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन्। प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो । मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ। बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम

    • प्रकाशित मितिः साउन २, २०८१
    • 226 पटक पढिएको
  • फुट्यो मोहन वैद्यको पार्टी

    काठमाडौँ- मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १६ महिनामै फुटेको छ।  २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार भने विभाजन भएका हुन्। मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन्। उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताए। विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिम

    • प्रकाशित मितिः साउन १, २०८१
    • 388 पटक पढिएको
  • समाजवादी मोर्चाको बैठक जारी

    काठमाडौं– समाजवादी मोर्चाको बैठक जारी छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा जारी छ।बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपाध्यक्ष अग्नि सापकोटा, महामन्त्री देव गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत सहभागी छन्।

    • प्रकाशित मितिः साउन १, २०८१
    • 378 पटक पढिएको
  • महान्यायाधिवक्ता दिनमणिले दिए राजीनामा

    काठमाडौँ- महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्।  प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ।महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।

    • प्रकाशित मितिः साउन १, २०८१
    • 387 पटक पढिएको
  • एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन  पार्टीले निर्देशन दिएको थियो ।प्रदेशबाट सिफारिस गरिएका नेताहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी  देशभरबाट दुई सय छ केन्द्रीय सदस्य थप गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।  यही साउनभित्र केन्द्रीय कमिटी सदस्यलाई पूर्णता दिइने र सोही कमिटीले पदाधिकारी छनोट गर्ने छ। पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति

    • प्रकाशित मितिः साउन १, २०८१
    • 331 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले संसदमार्फत् देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। सोमबार बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन्

    • प्रकाशित मितिः साउन १, २०८१
    • 295 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.