काठमाडौं— सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

सांसदहरुलाई संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । बैठक भोलि दिउँसो १ बजे बस्नने छ ।

OM Sai Pathibhara Hospital

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन एमाले र कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको हो ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।